उदयपुरमा पोखरीमा डुबेर ३ वर्षीय बालकको ज्यान गयो
उदयपुर / उदयपुरमा एक बालकको मंगलबार बेलुका पोखरीमा डुबेर ज्यान गएको छ । त्रियुगा नगरपालिका २ स्थित मिलन चौकका स्थानीय चन्द्रबहादुर मगरले माछा पालनका लागि बनाएको पोखरीमा डुबेर सोही वडाका केदार पाण्डेका ३ वर्षीय छोरा रोशन पाण्डेको ज्यान गएको हो ।
बिहानदेखि वेपत्ता भएका बालकलाई आफन्तले साँझ पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी ...











