उदयपुर / उदयपुरे चेली रमिला बस्नेत मिस प्रदेशको फाइनलमा प्रवेश गरेको छ । चौदण्डीगढी नगरपालिका बेल्टारकी रमिला बस्नेत १ नं. प्रदेश स्तरीय मिस प्रदेश २०१८ को प्रतिष्पर्धामा छिन् । १४ जिल्लाबाट छनोट भई मिस प्रदेश २०१८ को प्रतिस्पर्धा धरानमा भईरहेको छ । १ नम्बर स्तरीय १४ जिल्लाका प्रतिस्पर्धी विचबाट एक जनाले स्कुटर ताज र सम्मानित हुने अवसर पुर्वाञ्चल कला केन्द्रले प्रदान गर्ने आयोजकले जनाएको हो ।
१४ वर्षको कलिलै उमेरमा अन्तर्राष्ट्रिय स्तरको ह्याण्ड बल खेलमा सहभागीता जनाएर चर्चामा आएकी बस्नेत समेत मिस प्रदेश २०१८ को प्रतिष्पर्धामा छिन् ।


पाकिस्तान, जापान, बंगादेश, भुटान, माल्दीब्स, भारत र दुवई लगायतका आधा दर्जन बढी देशहरुमा अन्तर्राष्ट्रिय स्तरका ह्याण्ड बल प्रतियोगितामा सहभागी भई राष्ट्रलाई स्वर्ण पदक सम्म दिलाएकी छिन् ।
रमिला बस्नेतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाले पनि थुप्रै सम्मान गरेको छ । यस्तै वर्ष २०१७ मा नेपाल जेसिज उत्कृष्ट युवा प्रतिभा पुरस्कार पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोल्ड मेडल सहित पुरुस्कृत भएकी थिइन । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा प्रतिभा पुरस्कार समेत बस्नेतले हात पारेकी छिन् । खेलाडी बस्नेत अहिले पत्रकारिता सामाजिक सेवामा समेत सक्रिय रहेकी छिन् । मिस प्रदेश २०१८ को समाप्ति भने मंसिर १५ गते शनिबार धरानको सभागृहमा हुने भएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया