उदयपुर / जिल्लाको उदयपुरगढी गाउँपालिका २ स्थित घट्मामा एक दिने महिला स्वास्थय शिविर सम्पन्न भएको छ । उदयपुरगढी गाउँपालिकाको आयोजना र ओरेक नेपाल उदयपुरको समन्वयमा शिविर सम्पन्न भएको हो ।
एउटा महिला माथि भएको हिसां न्युनीकरणका लागि र महिलाको स्वास्थ्य अवस्था कस्तो छ भनेर वुझ्ने उद्देश्यले १६ दिने महिला हिंसा न्यूनिकरण अभियान अन्र्तगत महिला स्वास्थ्य शिविरको आयोजना गरिएको ओरेक नेपाल उदयपुरका मनोविमर्श कर्ता कमला खड्काले बताईन् । उदयपुरगढी गाउँपालिका २ स्थित अग्राखेकी फुलमाया मगरले १४ वर्षकै उमेरमा वच्चा जन्माएको कारणले पाठेघरमा समस्या आएको छ । यसैगरी सोही वडाकी हरिमाया गजमेरको सुत्केरीको वेलामा समयमा खान पान भएकोले अहिले स्वास्थ्यमा समस्या भएको बताउँछिन् । यस्तै सोही वडाकी सन्तमाया तामाङ सुत्केरी हुँदा धेरै काम गर्नुृ परेकोले पाठेघरमा समस्या र पाठेघर खसेको छ । शिवरमा ९० महिलाको पाठेघरको स्किृनीङ्ग तथा भिआईए जाँच गरिएको मध्ये ६ जनालाई अप्रेशन गर्नुपर्ने र १३ जनालाई रिङ लगाउनु पर्ने जिल्ला अस्पताल उदयपुरका डाक्टर विजय मेहताले वताए ।

तपाईको प्रतिक्रिया