उदयपुर / जिल्ला व्याड्मिन्टन संघ उदयपुरको आयोजनामा जिल्ला स्तरीय व्याड्मिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति उदयपुरसंगै रहेको ब्याड्मिन्टन कवर्डहलमा सञ्चालित प्रतियोगिताको पहिलो दिन पहिलो र दोस्रो चरणका खेल भएको संघका महासचिव रुवेन राईले बताए ।

नियमित गतिविधि अन्तर्गत प्रतियोगिता गरिएको संघले जनाएको छ । मेन्स डबल्स इभेन्टमा भएको प्रतियोगितामा जिल्लाभरका ४० जोडा खेलाडीले भाग लिएका छन् । जिल्लाका बेल्टार, बसाहा, रामपुर, जलजले, देउरी, श्रीपुर, कटारी लगायतबाट खेलाडीको सहभागिता रहेको हो ।

शनिबार सबै चरणका खेल सम्पन्न गरी आगामी ३० गते फाईनल खेल गरिने आयोजकले जनाएको छ । साभार : पूर्णपुष्टी अनलाइनबाट

तपाईको प्रतिक्रिया