उदयपुर / उदयपुर जिल्लामा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले सवारी चालकलाई ट्राफिक नियम सम्बन्धी जानकारी र सचेतना कार्यक्रम शुरु गरेको छ । उदयपुरमा टिफरबाट दुर्घटनामा परि दुई जनाको मृत्यु भैसकेको छ भने ३० जना भन्दा बढी यात्रुहरु घाईते भैसकेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रहरी हब्लदार भेष बहादुर थापाकोले लालपत्तामा १७ जना टिफर चालकहरुलाई भेला गरी ट्राफिक नियम सम्बन्धि शिक्षा दिएको जनाइएको छ । प्रहरी हब्लदार थापाले तिब्रगति, क्षमता भन्दा बढि माल सामान वोक्ने सवारी चलाउदा हुन सक्ने सवारी दुर्घट्ना र ओभरटेक गर्ने तरिकाका बारेमा ट्राफिक नियम सम्बन्धि समेतना गरेका थिए ।
यस्तै ट्राफिक कार्यालय कटारीका प्रहरी सहायक निरिक्षक डम्बर विक्रम दियालीले कटारीमा ५५ भन्दा बढी टिफर चालकहरुलाई भेला गरी ट्राफिक शिक्षा दिइएको थियो । साथै बुधबार नै बेलका नपा–५ गलेनीमा पनि ट्राफिकले सर्वसाधरणलाई सचेतना कक्षा संचालन गरेको छ । ट्राफिक रामपुरठोक्सिलाका प्रहरी जवान गोविन्द पौडेलले स्थानीय ३० जना सर्बसाधारणहरुलाई भेला जम्मा गरी सुरक्षित सडक प्रयोग गर्ने तरिका लगायत ट्राफिक नियमका बारेमा प्रशिक्षण दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक दिनेश कुमार चौधरीले जानकारी दिए ।