तामाङले वडा कार्यालय भवन बनाउन जग्गादान गरे
उदयपुर / उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन निर्माण गर्नका लागि स्थानिय समाजसेवी डम्बर बहादुर तामाङ निःशुल्क जग्गा दान गरेका छन् । करिब ३० लाख मुल्य पर्ने जग्गा तामाङले बुधबार मालपोत कार्यालय उदयपुरमा वडा कार्यालयको नाममा पास गरि दिएका छन् ।
७६ बर्षिय तामाङले यस अघि पनि स्थानिय गुरुङचोरी विद्यालयको चार कोठे भवन निर्माण गर्नका लागि सहयोग पु¥याउनु भएको थियो । पूर्व ब्रिटिस लाह...











