भारतमा ४ वर्षदेखि बेपत्ता बालकलाई पारिवारिक पुनरमिलन
उदयपुर, भारतमा ४ वर्षदेखि बेपत्ता बालकलाई पारिवारिक पुनरमिलन गराईएको छ । उदयपुरमा नेस्पेकद्वारा सञ्चालित बाल हेल्पलाईनको सहयोगमा ४ वर्षदेखि बेपत्ता बालकको पारिवारिक पुनरमिलन भएको हो । त्रियुगा नगपालिका ५ दमौतीका १५ वर्षीय बालक विजयकुमार योगी बेपत्ता भएको ४ वर्षपछि भारतको दरभंगाबाट फेला पारी बाल हेल्पलाईन टोलीले उद्धार गरी नेपाल ल्याएर पुनरमिलन गराएको हो ।
६ वर्षयता गाईघाटस्थित नेस्पेक उदयपुरले बा...









