सुखिलाल चौधरी, उदयपुर, उदयपुर सिमेन्ट उद्योग लि.का निवर्तमान महाप्रबन्धक तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई त्रियुगा नगरबासीले भव्य नागरिक अभिनन्दन गर्दै विदाई गरेको थियो । बुधबार त्रियुगा नगरपालिकाको अगुवाईमा नागरिक अभिनन्दनमा दुई दर्जन भन्दा बढी संघसंस्थाले उद्योगका निवर्तमान महाप्रबन्धक तथा नेपाल आयाल निगमका नव नियुक्त कार्यकारी निर्देशकलाई अभिनन्द पत्र सहित मायाको चिनो प्रदान गरेका हुन् । उद्योग परिवार, त्रियुगा नगरपालिका, कर्मचारी, मजदुर कर्मचारी संघ÷संगठन, स्थानीय संघ÷संस्था र नागरिक समाजको संयुक्त आयोजनामा बृहत कार्यक्रमसाथ पौडेललाई त्रियुगा नगरपालिका ६ जलजलेमा नागरिक अभिनन्दन गरिएको हो ।
सरकारले पुस २३ गते नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेका  पौडेललाई प्रमुख अतिथि सुरेश कुमार राई (हिमाल) ले दोसल्ला ओढाएर सम्मान पत्र सहित अभिनन्दन गरेको थियो । ‘उदयपुर सिमेन्ट उद्योगलाई पुनर्जीवन दिएर मजदुरको रोजी रोटीको साथै सुखी नेपाली समृद्धि नेपाली बनाउनको लागि उद्योगलाई संचालन गरेको भन्दै अभिनन्दन गरेको हो ।
समारोहका प्रमुख अतिथि उदयपुर प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य एवं प्रदेश १ का सचिव सुरेशकुमार राई (हिमाल) ले पौडेललाई दोसल्ला ओढाउदै अविर, खादा र माला लगाएर जिल्लाबासीको तर्फबाट नागरिक अभिनन्दन गरे । राईले त्रियुगा नगरपालिकाकाको तर्फबाट दिइएको अभिनन्दनपत्र पनि पौडेललाई प्रदान गरे । सोही अवसरमा त्रियुगा नगरप्रमुख बलदेव चौधरीले पौडेललाई खादा, माला पहि¥याउँदै नगरबासीको तर्फबाट अर्को अभिनन्दन गरे ।
परम्परागत पञ्चे बाजागाजाका साथ आयोजित अभिनन्दन समारोहमा पौडेललाई प्रदेश सांसदहरु अम्बिका थापा, सुनिता चौधरी, पूर्व सहरी विकासमन्त्री मञ्जु चौधरी, उद्योग प्रदुषण समिति अध्यक्ष निर्मल चोधरी र सिमेन्ट ढुवानी संघ तथा स्वर्णिम युवा क्लव जलजलेले पनि अभिनन्दन गरे । उद्योगको आधिकारिक ट्रेड युनियन, बिभिन्न राजनीतिक दलनिकट मजदुर संघसंगठनका औद्योगक प्रतिष्ठानका नेता र कर्मचारी समुहले पनि सो कार्यक्रममा पौडेललाई अभिनन्दन गरेका थिए ।

अभिनन्दन ग्रहण गर्दै पौडेलले कर्मचारी, मजदुर, स्थानीयबासी, राजनीतिक दल, नागरिक समाज र पत्रकार सबैको सहयोगले उदयपुर सिमेन्टले पुनर्जन्म पाएको बताए । नागरिक अभिनन्दनप्रति कृतज्ञता जाहेर गर्दै पौडेलले स्थानीयबासीले दिएको न्यानो माया र अभिनन्दनले राष्ट्रसेवाको जिम्मेबारी र ऋण बढेको भन्दै यो जिम्मेबारी नेपाल आयल निगमको सुधार गरेर चुक्ता गर्ने वाचा गरे ।
यो उद्योगको लागि मैले धेरै कुरा गर्न बाँकी रहेको थियो र धेरै काम गर्न बाँकी रहदा रहदै मेरो कार्यकाल सकिन लागेको बेलामा तपाईहरुको दिएको जिम्मेबारीले थप अर्को जिम्मेबारी आई लाग्यो । पौडेलले भने, ‘धेरै कुरा गर्न ठाउँ छ । उदयपुर सिमेन्ट उत्पादनमा जापानिज प्राविधिकलाई चुनौति दिँदै ९ सय ३५ मेट्रिक टन उत्पादन गरेर देश भित्रमा मात्र नभएर, विदेशमा पनि यस उद्योगको प्रगतिको मुक्त कण्ठले प्रसंशा गरेको साख बचाई राख्न मजदुर तथा कर्मचारीहरुलाई अनुरोध गर्दछु, व्यवस्थापन तथा सिमेन्ट उत्पादन गर्न कुनै पार्टी कुनै पक्ष कुनै विपक्ष नभनी उत्पादनमा जोड दिन उद्योगका सवै कर्मचारीहरुलाई आग्रह गर्दछु ।’
‘मेरो कार्यकालको चार वर्षमा कुनै पनि डेलिगेशन, बन्द, हडताल भएन र खेप्नु नपरेको थियो ।’ पौडेलगले भने, ‘उदयपुर सिमेन्ट उद्योगबाट पाएको तीन वटा उपलब्धीलाई जिवनभर सम्झी रहन्छु । पहिलो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एउटा पनि उजुरी नपर्नु, दोस्रो उपलब्धी उद्योगको तीन वटै मजदुर संगठनले म लगायत र संचालक समितिलाई सम्मान गर्नु र तेस्रो राज्यकै करिव करिव उपस्थितिमा समान पाएको छु त्यसलाई बोकी नसक्नु भएको छ । मेरो आयल निगममा भएको नियुक्तीले सम्पूर्ण जनताको अपेक्षा छ, देश विदेशमा समेत मिहिन ढंगले हेरिएकोले समस्त आम जनताको अपेक्षालाई मर्न दिने छैन् ।’ उनले आगामी दिनमा थप जिम्मेबार र कर्तव्यनिष्ट भएर काम गर्न अभिनन्दनले प्रेरणा दिएको उनको भनाई थियो ।
उदयपुर सिमेन्ट उद्योड लिमिटेड जलजलेका निवर्तमान महाप्रवन्धक सुरेन्द्र पौडेलले घाटामा गईरहेको नेपाल आयल निगमलाई तत्काल सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार जलजलेमा आयोजित कार्यक्रममा जिल्लाबासीबाट अभिनन्दन ग्रहण गर्दै आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक पौडेलले निगममा सुधारको कदम चालिसकेको बताए ।
‘मलाई उसिउलिलाई पुनर्जीवन दिएको भनेर यति धेरै माया, श्रद्धा र अभिनन्दन गर्नुभयो, यसको म ऋणि छु’ अभिनन्दन मन्तव्य दिदै पौडेलले भने ‘अव डुब्दै गरेको आयल निगम सुधार्ने जिम्मेबारी पाएको छु, यो सबै तपाईहरुको पहलले गर्दा हो । निगमलाई केही समयभित्रै सुधार गर्नेगरी योजना अघि सारिसकेको छु ।’ उनले छिट्टै परिणाम देखिने गरी निगममा काम थालिसकेको  जानकारी पनि कार्यक्रममा दिए ।
अभिनन्दन मन्तव्यमा व्यक्त विचार कार्यान्वयन गर्न कार्यकारी निर्देशक पौडेल बुधबार साँझै निगमको काममा फर्केका छन् । पेट्रोलियम पदार्थ आयात गर्ने पाईपलाईनको विषयमा वार्ता गर्न उनी उदयपुरदेखि सोझै भारत जान लागेको बताए । पौडेलले भने ‘पाईपलाईन विस्तारको विषय यही साता टुंग्याएर काम अघि बढाउने योजनामा छु ।’

को हुन ? सुरेन्द्र कुमार पौडेल
उदयपुर सिमेन्ट उद्योगको २२ औं महाप्रबन्धकमा सुनसरीका चार्टर्ड एकाउन्टेन्ट सुरेन्द्र पौडेल २०७१ फागुन १२ बाट जिएम पदमा नियुक्ति भएका थिए । उनले यहि पुस २३.गते नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका छन । उनी भारतको मद्रासस्थित इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्सी अफ इन्डिया (आईसीएआई) का उत्पादन हुन । सिमेन्ट उद्योगको महाप्रबन्धक बन्नुअघि एनकृष्ण स्वामीको फर्म, तिलगंगा आँखा अस्पताल लगायतमा काम गरेका थिए । यसका साथै उनले निरन्तर लेखा परीक्षण लगायतका अन्य पेसागत काम पनि गर्दै आएका थिए । उनले केही समय केन्द्रीय तथ्यांक विभाग र राष्ट्रिय योजना आयोगमा नायब सुब्बा पदमा काम गरेका थिए ।
काम आज सकिएन भोलीको लागि साँच्ने भन्ने उनको शब्द कोषमा नै थिए । उनले विहान मर्निङ वाक अर्थात ७ बजेदेखि राति ८–९ बजेसम्म उद्योगको काममा व्यस्त रहन्थे । उनले मेरो डिउटी १०–५ मात्रै हो भनेर कहिल्यै कल्पना समेत गरेनन । उद्योग संचालनको सवालमा उनले दिनको १२–१५ घण्टासम्म काम गरेका थिए । कामको चापले कहिले काँही विहानको भात दिउँसो र दिउँसोको भात राति खाने गरेको थियो ।
उनको यो बुझाई थियो कि टिममा मिलेर काम गरेपछि जुन सुकै काम गर्न सकिन्छ भन्ने उदाहरण उहाँले पस्केर जानु भएको छ । उहाँले कर्मचारीमा वर्ग विभाजन अर्थात काँग्रेस निकट कर्मचारी, नेकपा निकट कर्मचारी हो भन्ने भिन्नता छुट्याउनु भएन । उहाँले चार जनाको कार्यकक्षमा पुर्याउनु पर्ने फाइल कहिले काँही एउटै कक्षबाट संचालन गर्न लगाउनु भयो ।


कस्तो थियो ? उद्योगको अवस्था
बन्द अवस्थामा पुगेको उद्योगको जीएम पद स्विकारेका सुरेन्द्र कुमार पौडेलले उद्योगको जिम्मेवारी लिएतत्कालै भूकम्प र यसपछि भारतीय नाकाबन्दीले एक वर्ष संक्रमणकालीन अवस्था पनि गुजार्नु परेको थियो । त्यसयता मन्त्री, सचिव, व्यवस्थापन बोर्ड, स्थानीय र कर्मचारीको भरपुर सहयोगले उद्योग संचालनमा आएको थियो ।
करिब–करिब बन्द अवस्थाको उद्योगमा ६ महिनादेखि मजुदर, कर्मचारीले तलब पनि नपाएको अवस्था थियो ।
विगतका कुरा सम्झदै पौडेलले भने, ‘नियुक्ति लिएर आएको सुरु दिनमा उद्योगको अवस्था देखेर झण्डै राजीनामा दिएर भागेको स्मरण गर्दै उनले सबैपक्ष मिलेर काम गर्दा परिणाम सुखद हुँदो रहेछ ।’ ‘जिएम भएर त आइयो तर, उद्योग आजै बन्द हुन्छ, भोलि नै बन्द हुन्छ भन्ने अन्योलले उदयपुरवासीलाई नै चिन्ता बनाएको थियो । सिमेन्ट भर्ने बोरा दश दिनलाई मात्रै पुग्ने, लाईमस्टोन खानीमै, कोईला र रातोमाटो छैन, यन्त्र उपकरणहरु जताततै बिग्रेका, करोडौं ऋण देखेर अत्यास लाग्यो’ ४ वर्षअघिको अवस्था सम्झदै पौडेलले भने, ‘६ महिनौदेखि कर्मचरीहरुले तलव नपाएर कार्यालय घेर्न आए, झण्डै राजीनामा दिएर फर्कउ जस्तो भयो, तर, केही गर्छु भनेर आको छु गरेर जाने अठोट गरे ।’

उनले विगतलाई सम्झदै भने ‘उद्योगमा कार्यरत कर्मचारीको भोको पेट भर्न र बालबालिकाले पढ्ने विद्यालयको शुल्क तिर्ने जोहो गर्न मात्रै भए पनि बन्द उद्योग सञ्चालन गर्नै पर्ने बाध्यता थियो र सोही उद्देश्य पूरा गर्न उद्योग चलाउने निर्णय गरियो, त्यसपश्चात उत्पादन भयो उनीहरुलाई हातमुख जोर्ने व्यवस्था गर्न थालियो,’ ‘अहिले उद्योगले कर्मचारीको भोको पेट र विद्यालयको शुल्क मात्रै तिरेका छैन, नाफा कमाउन समेत थालेको छ ।’
‘इच्छा शक्ति साथ टिम व्यवस्थापन गर्दा जापानिजले बनाएको मापदण्ड तोडदै गत मंसिर २५ गते १०५ प्रतिशत अर्थात ८ सय ३५ मेट्रिक टन र पुस २१ गते ११६ प्रतिशत अर्थात ९ सय ३० मेट्रिकटन उत्पादन गरेर नयाँ रेकर्ड कायम गरेको हो, यो भन्दा खुसी के हुनसक्छ र ? जसले आज नेपाल सरकारले थप जिम्मेबार बनाएर नेपाल आयल निगमको कार्यकारी निर्देशकको पगरी भिराई दिएको छ, आयल निगमलाई सुधार्न जस्तो सुकै कठोर निर्णय गर्न पछि हटने छैन ।’
उद्योगमा चार वर्षमा के के सुधार भयो ?
जिएम सुरेन्द्र कुमार पौडेल नियुक्ती लिएर आएको दुई महिना नवित्दै भूकम्प गयो । भूकम्पले खासै क्षति पुर्याएन तर, जव संविधान जारी भएपछि भारतीय नाकाबान्दीको मार खेप्नु पर्यो । यहि मौकामा सिमेन्टका विचौलियाहरुले उदयपुर सिमेन्ट उद्योगलाई रुग्न उद्योगको सूचिमा राख्दै निजीकरण तर्फ लागे । उद्योग आजै भोली निजिकरणको लागि मन्त्रालयले निर्णय गर्ने अवस्थामा पुगेको थियो ।
टाट पल्टेर चल्नै नसक्ने भएको थियो । भर्खरै नियुक्त भएर आएका जिएम पौडेलले उद्योगकै मजदुर संघ संगठनका राजनीतिक दलका नेतालाई लिएर मन्त्रालयको निर्णय खारेज गर्न लगाए । उद्योग संचालन गर्ने प्रतिवद्धता जनाएर आएपछि उद्योग संचालन हुन थाल्यो ।
उद्योगमा ग्यास कन्डिसन पावर (जिसिपी) र इलेक्ट्रो स्टाटिक पावर (इसपी) जुन फ्याक्ट्रीभरी उड्ने धुलो नियन्त्रण गर्ने मेसिन अहिले जडान भएको जसले उत्पादनमा मद्दत गर्नुको साथै वरिपरिको वातावरण सफा हुँदै गएको छ । मासिक रुपमा दुई दिन गरिने मर्मतले विगतमा प्रत्येक दिन उत्पादन सुरु गरेपछि मेसिन भाँचिने, टुट्ने समस्या अहिले हटेको छ ।

कर्मचारीहरुको स्तरन्नती र तलवमा वृद्धि गर्नुको साथै कर्मचारी बढुवा समेत भएको छ । अहिले प्रविधिमा जेनेरेशन हस्तान्तरणले गर्दा कोही विरामी, आपतकाल पर्दा, काममा नआउँदा अरुले सहजै मेसिनहरु संचालन गर्न सक्ने भएको छ । यस अघि प्रविधिमा जेनेरेशन हस्तान्तरण नभएको देखिन्छ जसले गर्दा कोही विरामी हुँदा मेसिन बन्द हुने गरेको थिथो । नयाँ प्राविधिक कर्मचारीहरुको नियुक्त गरिएको छ । साना तिना नट बल्टु किन्न बोर्ड बैठक बसेर लामो प्रक्रियाबाट खरिद गर्ने चलनको अन्त्य भै सहजै चाँडै खरिद गर्ने प्रक्रियाको विकास भएको छ ।
डिलर लिन पहिलेको जस्तो कठिनाई छैन् । विगतमा डिलर लिन सोर्स फोर्स लगाउनु पर्ने थियो भने अहिले सहजै डिलर पाउने वातावरण बनाएको छ । गाउँपालिका एक डिलर राख्ने योजना बनाएको छ । देशभर दुई सय ८० भन्दा बढी डिलर रहेको छन । डिलर बिक्रेतालाई ‘क’ र ‘ख’मा सूचिकृत गरी बिक्री र बोनसको मापदण्ड तोक्यो । ‘‘क’ श्रेणीका बिक्रेताले ३ महिनाभित्र कम्तीमा सात हजार पाँच सय बोरा बेच्नु पर्ने र बोनस पाउन १० हजार एक देखि २५ हजार बोरासम्म बिक्री गर्नुपर्ने प्रावधान राख्यो । ‘ख’ श्रेणीले तीन महिनामा कम्तीमा दुई हजार पाँच सय एक बोरा देखि माथि बेच्नुपर्ने हुन्छ । २५ हजार देखि ५० हजार बोरासम्म बेच्नेलाई १० रुपैयाँ, ५० देखि ८० हजारसम्म बेच्नेलाई १५ रुपैयाँ, ८० देखि एक सय ५० बोरासम्म बेच्नेलाई २० र सोभन्दा बढी बेच्नेलाई प्रतिबोरा २५ रुपैयाँ बोनस दिने व्यवस्था गरिएको छ ।
राजनीतिक उत्ताव चढावले सिमेन्ट उद्योगले ०६५ सालदेखिको सरकारलाई बुझाउनुपर्ने भ्याट वापतको १२ करोड रुपैयाँ गत वर्ष तिरेको छ । उद्योगले १ सय २५ जना कर्मचारीलाई २५ करोड रुपैयाँ दिएर अवकास दिइएको छ भने उपदान कोषमा १६ करोड रुपैयाँ जम्मा गरिएको छ ।
यति मात्र कहाँ हो र ? उद्योगले ३२ वर्षसम्म साधारणसभा नै गरेका थिए, १४ वर्षको लेखापरीक्षण गर्न बाँकी रहेको थियो । जिएम सुरन्द्र पौडेलकै कार्यकालमा एकै पटकमा १९ वर्षसम्मको साधारणसभा सम्पन्न भएको छ । एकै पल्ट १२ वर्षसम्मको लेखा परीक्षण सम्पन्न भएको छ ।


नेपाल सरकारलाई २ अर्ब १२ करोड ऋण अनुदानको लागि प्रस्ताव पेश गरिएको छ । प्रस्ताव पास भएर ऋण प्राप्त भएमा उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ८ सय मेट्रिक टनसम्म पुर्याउने योजना अगाडी बढाएको छ ।
उद्योगलाई सही नेतृत्व दिए र उचित मर्मत सम्भार गरेपछि असोज पहिलो साता उद्योगको पुर्न मर्मत गरिएको छ । उद्योगको मुख्य भाग मानिने किलिङकर भट्टी (कच्चा पदार्थ पकाएर सिमेन्ट बनाउने अग्नि यन्त्र ) पहिलो मर्मत गरिएको छ । ६० मिटरको किलिङकर भट्टी २४ मिटर र कोइला आउने भागको ५ मिटरमा क्रयाक छ । १८० डिग्रीमा घुम्नु पर्ने क्लिङ्कर मेसिन ७० डिग्रीको फरकमा घुमिरहेकोले कुनै समय पनि ब्रस्ट हुन सक्ने अवस्थामा रहेकोले यसको मर्मत गरिएको छ ।
कारखानाका महत्वपूर्ण सबै यन्त्रदेखि स–साना भागसम्मको मर्मत र पार्टस् फेरबदल गर्ने छ । प्रिहेक्टर पंखा, ग्रावर्ल, बेड फिल्टर, मुख्य गियर बक्स लगायत २२ वटा ठूला यन्त्रको पूर्ण मर्मत र पुर्न जडान गरिनेछ । ३० वटा पुराना डक (हात्तीको सँुड आकारको यन्त्र) झिकेर नयाँ जडान गरिनेछन् भने १४ वटा एक्स्पेन्सन जोइन्टहरू पनि पुर्नजडान गरिएको छ । वायर (तार) र नट बल्टुसम्मको मर्मत कार्य भएको छ । उद्योगको मुख्य किल्न सेल नयाँ राखिएको छ । ४५ टन बराबरका नयाँ सामान ‘रिप्लेस’ भएको छ । मर्मतपछि कात्तिक पहिलो सातादेखि पूर्ण क्षमतामा गैंडा सिमेन्ट उत्पादन भईरहेको छ । अहिले उत्पादनमा जापानिज प्रविधिले तोकेको मापदण्ड तोड्दै नयाँ मापदण्ड बनाएको छ ।
उनले सिमेन्ट उद्योगलाई मात्रै होइन कर्मचारीहरुको पनि मनोवल बढाउन तलव वृद्धिका लागि आफै मन्त्रालय कुदे, कर्मचारीको उपदान, संचय कोष, स्वास्थ्य विमा लगायतको सुविधा वृद्धि गर्नुको साथै उनकै पालामा अधिकांश कर्मचारीको बढुवा भयो ।


 

तपाईको प्रतिक्रिया