उदयपुरमा फेरी आगलागी, २२ लाख बराबरको क्षति
उदयपुर, उदयपुरको बेलका नगरपालिका १ अम्बासीका रबिन्द्रबहादुर कटुवालको घरमा आगलागी हुँदा करिब २२ लाख बराबरको क्षति भएको छ । आइतबार बिहान १ बजे कटुवालको पक्की घरमा विद्युत सर्टभई अचानक आगलागी हुँदा २१ लाख ९५ हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगलागीबाट कटुवालको बा.४०.प.३९४१ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल, घरमा रहेको किराना पसलको सामान, फनिर्चर, अन्य भाडा वर्तन र खाद्यान्न समे...













