image

उदयपुर ,डि.एन चौधरी । माझी समुदायले आज धुमधामका साथ कोशी पुजा सम्पन्न गरेको छ । आफना परम्परागत पेशाको संरक्षणकालागी उदयपुरका माझि समुदायले पनि त्रियुगा नदिको किनारमा  कोशी पुजा समपन्न गरेको छ ।

माझी समुदायको सस्कार पर्वहरुको प्रबर्धन गारौँ भन्ने नारा संगै नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति उदयपुरको आयोजनामा बिबिध सास्कृतिक कार्यक्रम संगै कोशी पुजा मनाएका छन् । प्रत्येक साल फागुनको तेस्रो हप्ताको मंगलवार मनाउने कोशी देबिलाई पान प्रसाद चढाई कोशीपुजा गरेको हो ।

माझी समुदायको परम्परागत पेशाको रुपमा रहेको डुंगा ख्याउने,माछा मार्ने,पशुपालन गर्ने यी मुख्य पेशामा समस्या नआओस भनेर बोकाँ,परेवा, कुखुरा,माछा, सुगुर चढाई पुजा गर्ने चलन रहेको नेपाल माझी उत्थान संघ उदयपुरका अध्यक्ष सुर्यलाल माझीले बताउनु भयो । अध्यक्ष माझीका अनुसार, परापुर्वकालमा पुर्खाहरुले डुङगा तारेर,माझा मारेर आर्य आर्जन गर्ने प्रचलन थियो । र अहिले पनि कतिपय स्थानमा उत्त पेशा अपनाइरहेको छ । डुंगा ख्याउने क्रममा अनिष्ट नहोस,जलमा फोहोर गरीरहदा त्यसबाट मुक्ति पाउनकालागी जल देबि तथा कोशी महारानिलाई खुशि पार्न माझि समुदाय कोशीमा पुजा गर्ने चलन रहेको  माझिले बताउनुभयो । त्यस्तै वहाले राज्यकै कारण माझी समुदायको परम्परा ओभेलमा परेको अरोप समेत लगाउनु भयो ।माझी समुदायको पनि आफनै छुट्टै भेषभुषा,भाषा संस्कृति छन् आफनै छुट्टै पहिचान छ तर त्यो सबै लोपहुने अवस्थामा छ । त्यसैले यस्को जर्गेनाको लागी माझी समुदाय आफु पनि सकृय भइ स्थानिय स्तर बाटै राज्य सम्म पुगाउनु पर्ने घारणा राख्नुभयो ।

पुजाको अवसरमा उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडे झुलुङगे पुल स्थित माझी समुदायमा एकआपसमा शुभकामना आदान प्रदान तथा बिविध सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरेको थियो। लोपन्नमुख अवस्थामा रहेको माझी भाषा बाटै गित संगित र आफना भेषभुषामा झाकी समेत प्रस्तुत गरेका थिए । माझि समुदाय अल्प संख्यकमा रहेको छ ।

तपाईको प्रतिक्रिया