विद्यार्थी नेपाली गाउँछन् भारतीय राष्ट्रिय गान
काठमाडौँ । सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–४ मा पर्ने ठाडीबजार भारतीय सीमासँग जोडिएको अन्तिम नेपाली गाउँ हो । गाउँपालिका क्षेत्रमा तीन माविसहित १६ वटा सामुदायिक विद्यालय छन् । विद्यालयको संख्या धेरै भए पनि नियमित पठनपाठन हुँदैन ।
जसका कारण ठाडी क्षेत्रका ६ सयभन्दा धेरै नेपाली विद्यार्थी भारतीय लौकाहा बजार क्षेत्रमा पर्ने भारतीय विद्यालयमा पढ्न बाध्य छन् । स्थानीय जमुवा, बिसौल, कल्याणप...













