राजेन्द्र महतो, लहान । नेपाल सरकारले स्वतन्त्र मधेश गठबन्धनको मूल मागलाई सम्बोधन गर्ने सहमति गरेपछि डा. सिके राउतका समर्थकहरुले सिरहा को मिर्चैया नगरपालिका मा दिपावली मनाएका छन् । शुक्रबार नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतबीच भएको ११ बुँदे सहमतिमा बुंदा नं. २ मा जनअभिमतको कुरा उल्लेख गरिएको छ । विगत १० वर्षदेखि तराई मधेशमा जनमत सँग्रहको माग गर्दै आएका स्वतन्त्र मधेश गठबन्धनसँग नेपालको तर्फबाट गृहमन्त्रीले जनअभिमतको लागि तयार भएपछि आफूहरुको माग सम्बोधन भएको भन्दै गठबन्धनका कार्यकर्ता तथा डा. सिके राउतका समर्थकहरु तराई मधेशको जिल्ला सिरहा को मिर्चैया मा दिपावली मनाएका हुन् । पत्रकार सँग कुराकानी गर्दै सिरहाका गठबन्धनका सक्रिय कार्यकर्ता निर्मल मण्डलले यो जीत सम्पूर्ण मधेशी जनताको हो । हामी मुद्दाबाट अहिले पनि अलग भएका छैनौ । ११ बुंदे सहमति नबुझ्नेले नबुझुन ,तर हामीलाई अब स्वतन्त्र मधेशको मागलाई पूरा गर्न बाटो खुल्ला भएको छ । पहिले स्वतन्त्र मधेशको नारा लगाउदा जेल हुन्थयो भने अब खुल्ला रुपमै सरकारले त्यसलाई स्वीकार गरेर हामीलाई सहज बनाएको छ । अबकी बार एकही मागँ, जनमत सँग्रह हो ऐलान नारालाई सरकारले हरि झण्डी देखाएको छ । त्यही भएर हामीले खुसीयालीमा दिपावली मनाएका छौँ बताएका छन ।तराई मधेशमा नेता कम र विचार बढी बनेका डा. सिके राउत राजनीतिको मुलधारमा आउनको लागि सरकारलाई समेत झुक्न बाध्य बनाएको देखिएको छ भने एकातर्फ समाजिक सँञ्जालमा डा. राउतप्रतिको टिकाटिप्पणी असाध्यै देखिन्छ । तर, डा. राउतले भने सरकारले जनमतसँग्रहको लागि सरकारले स्वीकार गरेको बताएपछि उनका समर्थकहरुमा उत्साह छाएको छ ।









