ताप्ली गाउँपालिकाको बजेट ४० करोड १ लाख, विद्युतलाई पहिलो प्राथमिकता
उदयपुर । उदयपुरको विकट गाउँपालिका ताप्ली गाउँपालिकाको आगामी बजेट अनुमानित ४० करोड १ लाख बढी रहेको छ । गाउँपालिकाले विद्युत, शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।
ताप्ती गाउँपालिकामा संघिय सरकारको वित्तीय समानीकरण अनुदान तर्फ ८ करोड ५० लाख, सशर्त अनुदान तर्फ १७ करोड ३० लाख, विशेष अनुदान तर्फ २ करोड ४५ लाख र समपुरक अनुदान पुँजीगत तर्फ १ करोड गरी २९ करोड २५ लाख...













