उदयपुर । जिल्ला समन्वय समिति (जिसस) उदयपुरको नवनिर्वाचित प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेका छन् । नेकपा एकीकृत समाजवादीको तर्फबाट विजयी नवनिर्वाचित समन्वय प्रमुख गौर बहादुर विश्वकर्माले पदभारसँगै तीन वटा निर्णय गरेको छ ।
पदभारसँगै समन्वय प्रमुख विश्वकर्माले उदयपुरका आठ वटै पालिकासँग समन्वय गरी सुशासनमा जोड दिने र जिल्ला अस्पताल बोक्सेको स्तर उन्नती गरि उदयपुरमा मेडिकल कलेज स्थापनाको लागि पहल गर्ने निर्णय गरेको छ ।
यस्तै जिल्लाको आठ वटै पालिकालाई जोडने मैनामैनी देखि मयंखु (मम) सडक उदयपुर विकास वोर्डको अवधारणलाई कार्यान्वयन गर्ने निर्णय गरेको हाे ।
यस्तै उपप्रमुख तेजप्रसाद गिरी सहित सदस्यहरुलाई पनि प्रमुख विश्वकर्माले गोपनियताको सपथ खुवाउनु भएको थियो । सपथ खानेमा नवनिर्वाचित सदस्यहरु भिमचन्द्र राई, विष्णु कटुवाल, मन्जु कुमारी परियार, इन्द्र बहादुर थापा, गोमा ढुंगाना (कार्की), विन्दा कुमारी विश्वकर्मा, पद कुमारी राई रहेका छन् ।
सपथ खाएसँगै उपप्रमुख गिरीले समेत पदभार ग्रहण गरेका छन् । यस्तै जिल्ला समन्वय समितिको पहिलो बैठक पनि शुक्रबारै बसेको थियो ।
समन्वय समितिको पहिलो बैठकसँगै जिल्ला अस्पताल उदयपुरको निरीक्षण पनि गरेको थियो । जिल्ला अस्पताललाई सुधार गर्नु पर्ने लगायतको विषयमा छलफल गरेका थिए ।









