बेलका नगरपालिकामा एक हजार ८४२ मतले निवर्तमान मेयर थापा पछाडी

बेलका नगरपालिकामा एक हजार ८४२ मतले निवर्तमान मेयर थापा पछाडी
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा निवर्तमान मेयर तथा मेयरका उम्मेदबार दुर्गा कुमार थापा एक हजार ८४२ मतले पछि परेको छ । नेकपा एमालेबाट मेयरका उम्मेदबार थापाले ४ हजार ६१ मत ल्याएका छन् । नेपाली काँग्रेसका मेयर पदका उम्मेदबार असोक कार्कीले ५ हजार ९०३ मतका साथ अग्र स्थानमा रहेको छ । कार्की नेका र नेकपा माओवादी केन्द्रको गठबन्धनका साझा उम्मेदबार हुन् । उपमेयरमा नेकपा एमालेबाट उम्मेदबार बनेकी जिरा...

रौतामाई गाउँपालिकाको अध्यक्षमा फराकिलो मतान्तरले विरेन्द्र मगर विजयी, उपाध्यक्षमा भुपेन्द्र थापा

रौतामाई गाउँपालिकाको अध्यक्षमा फराकिलो मतान्तरले विरेन्द्र मगर विजयी, उपाध्यक्षमा भुपेन्द्र थापा
उदयपुर । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी रहेको छ । जिल्लाको चार नगरपालिका र चार गाउँपालिका मध्ये चार वटै गाउँपालिकाको मत परिणाम आईसकेको छ । मत परिणाममा चार वटै गाउँपालिकामा गठबन्धनका उम्मेदबारहरु विजयी भएका छन् । रौतामाई गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका विरेन्द्र मगरले जीत हासिल गरेको छ । उनले ४ हजार एक सय ८८ मत सहित विजयी भएको हो । निकटतम प्रतिष्पर्धी...

उदयपुरगढीको अध्यक्षमा नेकपा एसका मानबहादुर केप्छाकी मगरको सानदार जीत, उपाध्यक्षमा जीत बहादुर

उदयपुरगढीको अध्यक्षमा नेकपा एसका मानबहादुर केप्छाकी मगरको सानदार जीत, उपाध्यक्षमा जीत बहादुर
उदयपुर । उदपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगरले सानदार जीत निकालेको छ । नेकपा एस, नेपाली काँग्रेस र नेकपा माओवादीको गठबन्धनको तर्फबाट मान बहादुर केप्छाकी मगरले जीत निकालेको हो । उदयपुरगढीमा १२ हजार एक सय २ मत खसेकोमा केप्छाकी मगरले ४ हजार ९ सय ४२ मत सहित विजय भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका गोपाल खत्रीलाई ८२४ मतान्तरले पछि पार्दै ...

उदयपुरको कटारी नपामा गोली चल्यो, एक जनाको मृत्यु

उदयपुरको कटारी नपामा गोली चल्यो, एक जनाको मृत्यु
उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ छविसेमा मतदान सकिए पश्चात उतपन्न विवादमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते घाइते भएको छ । गोली लागेर मृत्यु हुनेमा स्वतन्त्र अध्यक्ष उम्मेदबार गौरबहादुर कटुवालको भतिज १९ वर्षिय नविन कटुवाल रहेको छ । यस्तै घाइते हुनेमा १४ वर्षीय मनकुमार श्रेष्ठ रहेको छ । घरमा बसिरहेका श्रेष्ठको खुट्टामा गोली लागि भम्भिर घाइते भएको प्रहरीले जनाएको छ । ...

त्रियुगामा काँग्रेसले आचार संहिता विपरित मौन अवधिमा मतदाता प्रभावित गर्न कुखुरा बाँडे (फोटो फिचरसहित)

त्रियुगामा काँग्रेसले आचार संहिता विपरित मौन अवधिमा मतदाता प्रभावित गर्न कुखुरा बाँडे (फोटो फिचरसहित)
उदयपुर । मौन अवधि शुरु भएको एक दिन नवित्दै नेपाली काँग्रेसले त्रियुगा नगरपालिका १२ का स्थानीयलाई कुखुरा बाँडेको थियो । चुनाव प्रचार प्रसार, मतदाता प्रभावित वस्तु बिक्रि वितरणमा कडाई गरिए पनि त्रियुगा नगरपालिका १२ का मुस्लिम बस्तीमा कुखुरा बाँडेका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १२ का काँग्रेसका तर्फबाट वडा सदस्यका उम्मेदबार मो. दिलशेर अलीको निर्देशनमा कुखुरा वितरण गरिएको स्थानीयहरुले बताएका छ...

मौन अवधि उल्लंघन गर्दै परराष्ट्रमन्त्री खड्का भोट माग्न पुगेपछि स्थानीयले लखेटे

मौन अवधि उल्लंघन गर्दै परराष्ट्रमन्त्री खड्का भोट माग्न पुगेपछि स्थानीयले लखेटे
उदयपुर । मौन अवधिको उलंघन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई त्रियुगा नगरपालिका ६ जलजलेका स्थानीयहरुले लखेटेका छन् । मतदाता प्रभावित पार्न मेयरका उम्मेदबार बसन्त बस्नेतलाई भोट माग्न बुधबार  विहान जलजलेका जगरनाथ दासको घरमा मुस्लिम समुदायको मत प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न आएको भन्दै एमालेका कार्यकर्ताहरुले परराष्ट्रमन्त्रीलाई लखेटेका थिए । न...

बसन्त बस्नेत मेयर नहुँदै करारका कर्मचारीको जागिर खाई दिने चर्चा

बसन्त बस्नेत मेयर नहुँदै करारका कर्मचारीको जागिर खाई दिने चर्चा
उदयपुर । त्रियुगा नगरपालिकाले न्युक्ति गरेका प्राविधिक वा अप्राविधिक कर्मचारीहरुको म्याद नथप्ने बरु निस्कासन गर्ने विषयको चर्चा कर्मचारी वृतमा चुलिएको छ । साविक जिल्ला विकास समितिमा करारमा न्युक्ति दिएका कर्मचारी देखि नगरपालिकाले न्युक्ती दिएका करिव तीन सय करारको कर्मचारीहरुको मेयरका उम्मेदबार बसन्त बस्नेतले जागिर खाई दिने चर्चा कर्मचारी वृतमा चुलिएको छ ।नेपाली काँग्रेस निकट एक कर्मचारीले बोलेको अ...

त्रियुगामा अभरमा नगर कार्यक्रमको ग्राभेलको काम पनि अवरोध

त्रियुगामा अभरमा नगर कार्यक्रमको ग्राभेलको काम पनि अवरोध
उदयपुर । त्रियुगा नगरपालिकाको अभरमा नगर कार्यक्रमको ग्राभेल काम पनि दलहरुको आग्रहमा प्रहरीले रोक लगाएको छ । चालु आबको २०७८ कार्तिक ३० गते एक सूचनामार्फत अभरमा नगर कार्यक्रमको लागि हेभि इक्युमेन्ट (टिपर र व्याकहोए लोडर) भाडामा माग गरि २०७८ चैत्र ६ गते नगरपालिका र शिवशक्ति निर्माण सेवा विच सम्झौता भएको देखिन्छ । निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (क), दफा ६ (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृ...

कालोपत्रेको काम अझै अवरुद्ध

कालोपत्रेको काम अझै अवरुद्ध
उदयपुर । आचार संहिता विपरित काम गरेको भन्दै डिएमगेट लक्ष्मीपुरसम्मको कालेपत्रेको काम प्रहरी प्रशासनले रोक लगाएको काम पुनः शुरु हुन सकेको छैन् । दलहरुको मौखिक आग्रहमा शुक्रबार पहिलो पटक र आइतबार दोस्रो पटक विना पुर्जी प्रहरीले काम बन्द गर्न लगाएको काम अझै शुरु हुन सकेको छैन् । निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (क), दफा ६ (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य नयाँ कार्यक्रम...

पूर्वप्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको मदन भण्डारी आखाँ अस्पताल अझै सञ्चालनमा आएनन्

पूर्वप्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको मदन भण्डारी आखाँ अस्पताल अझै सञ्चालनमा आएनन्
उदयपुर । नवनिर्मित मदन भण्डारी आँखा अस्पताल उद्घाटन भएको ४७ दिन बिति सक्दा समेत सञ्चालनमा आउँन सकेको छैनन् । उदयपुरको सदरमुकाम गाईघाट बाँसवारीस्थित त्रियुगा नगरपालिकाको नगर परिषदले निर्णय गरि उपलब्ध गराएको १ बिगाहा जग्गामा निर्माण गरिएको नवनिर्मित मदन भण्डारी आँखा अस्पताल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेको लामो समय बित्दा समेत अस्पतालमा काम गर्ने चिकित्सक सह...