उदयपुर । मौन अवधि शुरु भएको एक दिन नवित्दै नेपाली काँग्रेसले त्रियुगा नगरपालिका १२ का स्थानीयलाई कुखुरा बाँडेको थियो । चुनाव प्रचार प्रसार, मतदाता प्रभावित वस्तु बिक्रि वितरणमा कडाई गरिए पनि त्रियुगा नगरपालिका १२ का मुस्लिम बस्तीमा कुखुरा बाँडेका छन् । 
त्रियुगा नगरपालिका वडा नम्बर १२ का काँग्रेसका तर्फबाट वडा सदस्यका उम्मेदबार मो. दिलशेर अलीको निर्देशनमा कुखुरा वितरण गरिएको स्थानीयहरुले बताएका छन् । स्थानीयका अनुसार नेपाली काँग्रेसका पूर्व सभापति विदुर बस्नेतको सप्तकोशी कोल्ड स्टोरबाट कुखुरा मुस्लिम बस्तीका महिला, पुरुष, बालबालिकाहरुले करिव डेढ किलो ग्रामको कुखुरा लैजाने गरेपछि शंका लागि सोधीखोजी गर्दा काँग्रेसको उम्मेदबारले दिएको खुलेको छ । उक्त कोल्ड निलहरी शर्माले भाडामा चलाई रहेका छन् ।
कुखुरा फर्मलाई ६० वटा कुखुरा अर्डर गरेको मध्ये ९ वटा बाँड्न बाँकी हुदा मानिसहरु थपिदै जाँदा एक कान दुई कान मैदान भएपछि कुखुरा बाँड्न जिम्मा दिएका मो.मुखतर अलि र मो. दाहुद अली रहेको खुलेको छ । कुखुरा अर्डर दाहुद अलीले गरेको पोल्ट्री फर्म संचालकले जनाएको छ । उनका अनुसार सानो सानो कुखुरा लिएर आउन भनेको थियो, त्यही अनुसार कुखुरा लिएर आएको थिए । खुकुरा वापत वडा सदस्यका उम्मेदबार दिलशेर अलीले २६ हजार दिएको बताए ।
कुखुरा बाँडिरहेको हल्ला चलेपछि पाँच जनाले कुखुरा फिर्ता पठाएका थिए । पाँच वटा कुखुरा बच्चाहरुलाई दिएर पोल्ट्री फर्ममा पुर्याएको प्रत्यक्षदर्शीहरुले बताए ।
आचार संहिताको अवस्थामा कुखुरा वितरण भएको भन्दै त्यहाँका स्थानीय तथा अन्य पार्टीका कार्यकर्ताहरुले सत्य तथ्य पत्ता लगाउन प्रहरी तथा निर्वाचन आयोगलाई आह्वान गरेको छ । कुनै कुखुरा सानो भएको भन्दै फिर्ता ल्याउने क्रममा समातेर राखिएको छ । कुखुरा कस्ले र किना बाँडेको भन्ने कुराको अनुसन्धान प्रहरीले गरिरहेको छ ।










