उदयपुर । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी रहेको छ । जिल्लाको चार नगरपालिका र चार गाउँपालिका मध्ये चार वटै गाउँपालिकाको मत परिणाम आईसकेको छ ।
मत परिणाममा चार वटै गाउँपालिकामा गठबन्धनका उम्मेदबारहरु विजयी भएका छन् । रौतामाई गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका विरेन्द्र मगरले जीत हासिल गरेको छ । उनले ४ हजार एक सय ८८ मत सहित विजयी भएको हो । निकटतम प्रतिष्पर्धी नेकपा एमालेका भरत थापाले ३ हजार तीन सय ४६ मत मात्रै ल्याउन सफल भए ।
उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष कुमारी ज्यू ठकुरीलाई हराउँदै भुपेन्द्र थापा विजयी भएका छन् । थापाले उपाध्यक्षमा ३ हजार छ सय ९९ मत ल्याएका थिए । उनका प्रतिष्पर्धी कुमारी ज्यु ठकुरीले तीन हजार ९३ मत ल्याएका थिए ।
अध्यक्षमा मगर ८४२ र उपाध्यक्षमा थापा ६०६ मतको मतान्तरले विजयी भएका छन् ।









