उदयपुर । उदपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगरले सानदार जीत निकालेको छ । नेकपा एस, नेपाली काँग्रेस र नेकपा माओवादीको गठबन्धनको तर्फबाट मान बहादुर केप्छाकी मगरले जीत निकालेको हो । उदयपुरगढीमा १२ हजार एक सय २ मत खसेकोमा केप्छाकी मगरले ४ हजार ९ सय ४२ मत सहित विजय भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका गोपाल खत्रीलाई ८२४ मतान्तरले पछि पार्दै मगरले जित हासिल गरेको हो । गोपाल खत्रीले ४ हजार एक सय १४ मत ल्याएका थिए ।
उपाध्यक्षमा नेपाली काँग्रेसबाट जीत बहादुर खड्काले जीत हासिल गरेको छ । उनले ४ हजार ६ सय ४८ मत सहित जित हासिल गरेको हो ।
उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी शोभा कुमारी मगरलाई ७ सय ८५ मतान्तरले पछि पार्दै उपाध्यक्षमा खड्काले जीत हासिल गरेको हो ।
यस्तै उदयपुरगढी गाउँपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एसबाट दिल बहादुर मगर (६६३ मत) , वडा नं. २ मा स्वतन्त्र उम्मेदबार इन्द्र बहादुर राउत (३८७ मत), वडा नं. ३ मा नेकपा माओवादी केन्द्रबाट मनोज कुमार कार्की (५४९ मत) , वडा नं. ४ मा नेकपा माकेबाट रामबहादुर घले (५०३ मत), वडा नं. ५ मा नेपाली काँग्रेसबाट कुमार अधिकारी (६१० मत), वडा नं. ६ मा नेकाबाट कृष्ण बहादुर खत्री (१०६० मत), वडा नं. ७ मा नेकपा माकेबाट भुवन केप्छाकी मगर (९३७ मत) र वडा नं. ८ मा नेकपा एमालेबाट थिर बहादुर राउत (३८७) विजयी भएका छन् ।









