उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ छविसेमा मतदान सकिए पश्चात उतपन्न विवादमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते घाइते भएको छ । गोली लागेर मृत्यु हुनेमा स्वतन्त्र अध्यक्ष उम्मेदबार गौरबहादुर कटुवालको भतिज १९ वर्षिय नविन कटुवाल रहेको छ ।
यस्तै घाइते हुनेमा १४ वर्षीय मनकुमार श्रेष्ठ रहेको छ । घरमा बसिरहेका श्रेष्ठको खुट्टामा गोली लागि भम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
कालिका माध्यमिक विद्यालय केन्द्रमा मतदान सकिए पछि विवाद भएको र विवादको क्रममा चार राउण्ड एसएल आर र चार राउण्ड थ्रिनटथ्री राईफलबाट गोली चलेको बताइएको छ । हवाई फायरको क्रममा कटुवाल र श्रेष्ठलाई गोली लागेको स्थानीयले बताएका छन् । कटुवाललाई घटनास्थलमै गोली लागी मृत्यु भएको बताइएको छ ।









