पाठेघरको मुखको क्यान्सर जाँच सम्वन्धि शिविर सम्पन्न
रिता राउत, उदयपुर, उदयपुरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच सम्वन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्लाको त्रियुगा नगरपालिका १ स्थित वडा कार्यलयको आयोजना र स्वास्थ्य केन्द्र जोगीदहको समन्वय, क्यान्सर रिलिफ सोसाईटिको सहकार्य र रेस्फक नेपालको सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।
ग्रामिण महिलाको स्वास्थ्य स्थिति खतराबाट बचाउन एक दिने शिविर संचालन गर...












