माघे संक्रान्तिसंगै बजारमा बढ्यो तरुल र सखरखण्डको व्यापार
उदयपुर, माघे संक्रान्तिको चहल पलह बजारमा निकै बढेको छ । माघे संक्रान्तिको प्रयाय बनेको तरुलको व्यापार बढेको छ । स्थानिय बजारमा तरुल र सखरखण्डको व्यापार ह्वात्तै बढेको छ ।
अरु समयमा गाईघाटका बजारहरुमा किन्न खोज्दा पनि पाउन मुस्कील पर्ने सिमल तरुल, स्कूसका जरा, वन तरुल, हात्तीपाइले तरुल, पानी तरुल, सखरखण्ड लगायत माघे संक्रान्ति आएसंगै बजारका चोक चोकमा बेच्नको लागि प्रसस्त राखेको देखिएको छ ।
बजारका...