उदयपुर / ट्रयाक्टर दुर्घटनामा मृत्यु भएको तीन युवा युवतीको सोमबार हिन्दू परम्प्र अनुसार एकसाथ दाह संस्कार गरिएको छ ।
मदन भण्डारी लोकमार्ग अन्र्तगतको धरान–चतरा–गाईघाट सडक खण्डको बेलका नगरपालिका ८ रङ्गमहलको उकालोमा स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा बेलका नपा २ का १९ वर्षीया विनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दीपीका चौधरीको मृत्यु भएको थियो ।
वनभोज खाएर फर्कदै गरेको ट्याक्टर आइतबार साँझ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । सोमबार राति उनीहरुको कोशीको भंगालो गिदेरी खोलाको किनार सामूहिक दाह संस्कार गरिएको हो ।
गम्भिर घाइते मध्ये विपासा चौधरी, प्रज्वल चौधरी, प्रतिक्षा चौधरी र देविका चौधरीको नोवेल हस्पिटल विराटनगरमा र मन्दिरा चौधरी सहित ६ जनाको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचार भैई रहेको बेलका नगरपालिका २ का वडा सदस्य कुमार अधिकारीले जानकारी दिए । उनका अनुसार मन्दिरा चौधरीको दुवै खुट्टाको ज्वाइन्ट फ्याक्चर भएको, गोली गाँठो खुस्किएकोले उपचार भैरहेको छ । वडा सदस्य अधिकारीका अनुसार यहिले भागलपुर गाउँ पुरै शोकमा डुवेको बताए ।
यस्तै दुर्घटनामा घाइते प्रज्वल चौधरीको टाउँकोमा तीन ठाउमा ब्लड र हावा जमेर अप्रेशन गरिएको उनका बुवा ध्रमेन्द्र प्रसाद चौधरीले बताए । प्रज्वलका बुबाका अनुसार अप्रेशन पछि विरामीको क्रमिक रुपमा सुधार हुँदै आएको बताए । प्रज्वलसंगै नोबेल हस्पिटल विराटनगरमा आइसियुमा रहेका प्रतिक्षा चौधरीको अझै सम्म होस नखुलेको ध्रमेन्द्र प्रसाद चौधरीले बताए । विपासाको अनुहारको मासु पिल्सिएको र देविकाको पत्रि क्रमिक रुपमा सुधार भैरहेको रहेका ध्रमेन्द्रले बताए ।


यस्तै बेलका नगरपालिकाका मेयर दुर्गा थापाले स्टाटस लेख्दै ‘मानविय सम्बेदना हिन तुल बहादुर श्रेष्ठ जस्तालाई अस्पतालमा उच्च ओहोदामा पुर्याएपछि कम्युनिष्ट पार्टीको सरकार कसरी सफल हुन्छ ?’ भन्दै सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका छन् । उनका अनुसार विपी कोइराला विज्ञान प्रतिष्ठान धरानका रजिष्टार्डले फोन समेत नउठाउने, उपचारमा लापरवाहीको साथै धरानमै उपचार हुनु पर्ने विरामीलाई नोवेल अस्पताल रेफर गर्नु परेको जस्ता दुःख लागेको सामूहिक दाह संस्कार श्रद्धाञ्जली सभामा बताए । उनले घाइतेको उपचारमा नगरपालिकाले जस्तो सुकै सहयोग गर्न कुनै कसर नराख्ने समेत बताए ।

 

तपाईको प्रतिक्रिया