यमपञ्चकको चौथो दिन, आज गोवद्र्धन पूजा गरी मनाउँदै
उदयपुर/ तिहारको चौथो दिन आज गोवद्र्धन पूजा, हिन्दु नेपालीहरुले गोबरको पर्वत बनाएर गोरुको पूजा गरी मनाउँदैछन् । हिजो धनकी देवी लक्ष्मीको पुजा आराधना गरि लक्ष्मीपुजा गरेपछि, यमपञ्चकको चौथो दिन आज घरघरमा पालिएका गोरुलाई पुजा गरि गोवद्र्धन पूजा मनाईन्छ ।
आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्...