एजेन्सी / ज्योतिषशास्त्रमा बताइएका अनेकथरी उपाय अपनाउँदा सबै किसिमका मनोकामना पूरा हुन्छन् । यहाँ हामी केही सरल उपाय बताउँदैछौं जसलाई अपनाउँदा तपाईंले धन कमाउन सक्नुहुन्छ ।
१. घरकी प्रमुख महिलाले बिहानै सूर्योदयअघि नै उठेर तामाको लोटामा जल भरेर मुख्य द्वारमा छर्किएमा देवी लक्ष्मी प्रसन्न हुनुहुनेछ र त्यो घरमा कहिल्यै दरिद्रता आउँदैन ।
२. बुधवार लक्ष्मीको आगमनको दिन हो । यो दिन कसैलाई पनि सामान वा धन उधारोमा दिनु हुँदैन । यसो गर्दा धन आगमनमा बाधा पुग्छ ।
३. हरेक औंसीमा शुभलाभको चतुर्भुजमा लक्ष्मी पूजन गर्दा उहाँ अति प्रसन्न हुनुहुन्छ र धनलाभ हुन्छ ।
४. बिहीवार अचानक तपाईंले धेरै धन पाउनुभयो भने मन्दिरमा दान गरिदिनुस् । यस्तो दानले तपाईं झन् धेरै पैसा आउने बाटो खोलिदिन्छ ।
५. कसैको ऋण चुकाउनु छ भने मंगलवारदेखि पैसा दिन थाल्नुस् । ऋण छिट्टै चुक्ता हुन्छ ।

तपाईको प्रतिक्रिया