उदयपुर/ तिहारको चौथो दिन आज गोवद्र्धन पूजा, हिन्दु नेपालीहरुले गोबरको पर्वत बनाएर गोरुको पूजा गरी मनाउँदैछन् । हिजो धनकी देवी लक्ष्मीको पुजा आराधना गरि लक्ष्मीपुजा गरेपछि, यमपञ्चकको चौथो दिन आज घरघरमा पालिएका गोरुलाई पुजा गरि गोवद्र्धन पूजा मनाईन्छ ।
आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । आज गोबरबाट गोबद्र्धन पर्वतको प्रतीक बनाएर गाई, गोरु, बाच्छा र पर्वतको पुजा गरिन्छ ।
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ ।

तपाईको प्रतिक्रिया