उदयपुर / आज उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दान गर्दै यस वर्षको छठ पर्व समापन गरिने भएको छ । कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्य देवको आराधना, उपासना र पुजा गरिन्छ । छठ पर्वको मुख्य दिन बुधबार बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको थियो भने बुधबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै समापन गरियो ।


अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको लिइन्छ ।
अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका व्रर्तालु छठ घाटमा जाग्राम बसी बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सकिएको थियो ।
उदाउँदो सुर्यलाई अध्र्य दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व विधिबत रुपमा सम्पन्न भएको छ । कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न बिधिपुर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत संकल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । मुलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, षष्टी तिथीको दिन अर्थात मंगलबार संध्याकालिन र आज (बुधबार) प्रभातकालिन सुर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्व बिधिवत रुपमा समापन भएको छ ।
छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहँु तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलपूmल, कोसिया कुरवार लगायतका पुजा सामग्रीहरुले सूर्यलाई अघ्र्य दिने प्रचलन रहेको छ ।
निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिएको जनविश्वास रहेको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।
सुरुमा तराइवासीले मात्र मनाउने यो पर्व अब अन्य जातिले पनि मनाउन थालेका छन् ।
त्रियुगा नदी किनारमा छठ पर्व मनाउँदै गरेको केही तस्विरहरु :

तपाईको प्रतिक्रिया