उदयपुर / छठपर्वको मुख्य दिन मंगलबार अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिएर मनाइएको छ । उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नदी घाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको हो ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि सुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।
त्रियुगा नदी किनारमा छठपर्व मनाउँदै गरेको केही तस्बिरहरु :

 

 

 

 

तपाईको प्रतिक्रिया