गरिबीले आत्महत्या पछि तीन बच्चा भोकै

गरिबीले आत्महत्या पछि तीन बच्चा भोकै
धादिङ । छ दिन अघि बाबुले गरिबीका कारण आत्महत्या गरे । कमाइ गरेर परिवार पालिरहेका यमबहादुर थापामगरको मृत्युपछि तीन बच्चा भोकै विद्यालय जान थालेका छन् । आमा ओछ्यानमा थला परेको पनि एक वर्ष भयो । तिन वर्षदेखि प्यारालाइसिस भएपछि नीलकण्ठ नगरपालिका –१२ आँगेटारीका ३३ वर्षीय लक्ष्मी थापा मगर दिसापिसाव एकै ठाउँमा भएको छ । उनका श्रीमान् यमबहादुरले उपचार...

विराटनगरको विराट नर्सिङ होममा बच्चा र आमाको मृत्यु

विराटनगरको विराट नर्सिङ होममा बच्चा र आमाको मृत्यु
विराटनगर । विराट नर्सिङ होममा डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पतालमा धर्ना दिएका छन । डेलिभरी गर्ने गएकी दुहवीकी २१ बर्षिय रमिला कार्कीको नर्सिङ होमको लापरवाहीले मृत्यु भएको भन्दै धर्ना दिएका हुन ।अस्पतालमा लापरवार्हीकै कारण बच्चा र आमाको मृत्यु भएको भन्दै अस्पतालमा अहिले आफन्तहरुले धर्ना दिईरहेका छन । विरामीका आफन्त विकास कार्की भने डाक्टरहरुले अहिले सम्म पनि मृत्यु भ...

उदयपुरमा मलद्वारभित्र लुकाई छिपाई लागूऔषध ल्याउँदै गरेको एक जना पक्राउ

उदयपुरमा मलद्वारभित्र लुकाई छिपाई लागूऔषध ल्याउँदै गरेको एक जना पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषधको संजाल यसरी फैलिएको छ कि लागूऔषध नभई नहुनेको जमात कम छैन । लागूऔषध प्रयोग कर्तालाई कसरी लागूऔषध प्रयोग गर्नेमा मात्र होइन कसरी लागूऔषध ल्याउनु पर्छ भन्ने फरक फरक तरिकाहरु अपनाउँदै आएको छ । बुधबार राति ९ः३० बजेको समयमा चौदण्डीगढी नगरपालिका ४ नमुना टोलमा एक जना मलद्वारमा लागूऔषध लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ७ बस्...

उदयपुरगढीको एम्बुलेन्स दुहवीको सोनापुरमा दुर्घटना

उदयपुरगढीको एम्बुलेन्स दुहवीको सोनापुरमा दुर्घटना
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ५ द्वारा संचालित एम्बुलेन्स दुघर्टनामा परेको छ । मंगलबार बिहान ५ बजे सुनसरीको दुहवी नगरपालिका ८ सोनापुरमा विरामी बोकेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिएको थियो । बिरामी बोकेर विराटनगरतफै जाँदै गरेको स.१ झ ५२८ नम्बरको एम्बुलेन्सको अगाडीको अधिकांश भाग क्षती पुगेको छ । एम्बुलेन्समा रहेका चालक र विरामीको अवस्था खतरामुक्त रहेको उदयपुरगढी गाउँपालिका ५ का वडा...

नगर प्रमुख सहित ५४ जनाद्वारा रक्तदान

नगर प्रमुख सहित ५४ जनाद्वारा रक्तदान
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदानसँगै रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई सहित ५४ जनाले रक्तदान गरेको छ । रक्तदान कार्यक्रममा १४ जना महिला सहित ५४ जनाले रक्तदान गरेको थियो । ‘राष्ट्रिय अखण्डताको लागि सबै संस्कार र संस्कृतिहरुलाई सम्मान’ भन्ने मुल नाराको साथ नगरपालिकाको आयोजनामा रक्तदान का...

आमाको सम्झनामा रायमाझी परिवारद्वारा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन हस्तान्तरण

आमाको सम्झनामा रायमाझी परिवारद्वारा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन हस्तान्तरण
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका समाजसेवी तथा रौतामाई गाउँपालिकाका प्रमुख सल्लाहकार तथा समाजसेवी अम्बर बहादुर रायमाझी परिवारले स्व. आमा सावित्री रायमाझीको सम्झनामा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन हस्तान्तरण गरेको छ । अक्सिजनको अभावमा कैयौं विरामीहरुको अकालमै मृत्यु हुने देखि विरामीको अवस्था जटिल हुने समस्यालाई मध्यनजर गर्दै स्व. सावित्री रायमाझीका छोराहरु अम्बरवहादुर रायामाझी, गोविन्द रायामाझ...

गृहमन्त्रीको निजी सचिवालयकै अधिकृत मृगौला तस्करीमा सम्लग्न

गृहमन्त्रीको निजी सचिवालयकै अधिकृत मृगौला तस्करीमा सम्लग्न
काठमाडौं । मृगौला तस्करीमा संलग्न रहेको आरोपमा गृहमन्त्रीको निजी सचिवालयमा कार्यरत एक अधिकृत सहित ५ जना पक्राउ परेको छ । प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले रामेछाप दोरम्बा–३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामाले नक्कली भान्जा खडा गरी मृगौला किनेर प्रत्यारोपण गरेको घटनामा संलग्न भन्दै उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामा गृहमन्त्री रामबहादुर थापाको निजी सचिवालय कार्यरत अधिकृत रामचन्द्र आ...

दशैं खर्च कटाएर कपडा बैंकलाई सहयोग

दशैं खर्च कटाएर कपडा बैंकलाई सहयोग
उदयपुर । उदयपुरमा आर्थिकरुपमा विपन्न रहेका परिवारलाई लक्षित गरी १५ दिन अघि स्थापना गरिएको कपडा बैंकलाई एक कर्मचारीले आफ्नो दशैं खर्च कटाएर १० हजार सहयोग गरेको छ । विभिन्न निकायको सहयोगमा स्थापना भएको कपडा बैंकमा कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरका प्रमुख हिरा न्यौपानेले नगद १० हजार रुपैँया सहयोग गरेका छन् । बिहीबार लेखा समुहले कपडा तथा चप्पल हस्तान्तरण गरेको कार्यक्रममा समुहका संरक्षक समेत र...

मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने

मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने
काठमाडौं । विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता नगरे निजी मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने भएको छ । गृहमन्त्रालयमा सोमबार भएको छलफलमा कलेजहरुलाई बढी शुल्क फिर्ता गराउन अन्तिम पटक सचेत गराउने निर्णय भएको हो । गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा विश्वविद्यालयका पदाधिकारी सहितको बैठकले यस्तो निर्णय गरेको हो । ...

त्रियुगा नगरपालिकाले डेंगु टेष्ट गर्न निःशुल्क किट उपलब्ध गराउने

त्रियुगा नगरपालिकाले डेंगु टेष्ट गर्न निःशुल्क किट उपलब्ध गराउने
उदयपुर । तीन महिना अघि देखा परेको डेङ्गु रोग उदयपुरमा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरसहित स्थानीय नगरपालिका र गाउँपालिकाले नियन्त्रणको प्रयास गर्दा समेत डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो । डेंगु नियन्त्रणका विषयमा मंगलबार त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीको अध्यक्षतामा बसेको सरोकारवालहरुको बैठकमा नगरपालिकाले डेंगु टेष्ट गर्न विरामीलाई निःशुल्क किट उपल...