उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ५ द्वारा संचालित एम्बुलेन्स दुघर्टनामा परेको छ । मंगलबार बिहान ५ बजे सुनसरीको दुहवी नगरपालिका ८ सोनापुरमा विरामी बोकेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिएको थियो ।
बिरामी बोकेर विराटनगरतफै जाँदै गरेको स.१ झ ५२८ नम्बरको एम्बुलेन्सको अगाडीको अधिकांश भाग क्षती पुगेको छ । एम्बुलेन्समा रहेका चालक र विरामीको अवस्था खतरामुक्त रहेको उदयपुरगढी गाउँपालिका ५ का वडाध्यक्ष कुमार अधिकारीले जानकारी दिए । उनका अनुसार उदयपुरगढी ४ को विरामी बोकेर बिराटनगरतर्फ जादै गर्दा दुहवीमा दुर्घटनामा परेको जानकारी दिए । ‘चालक सहित चार जना एम्बुलेन्समा रहेकोमा चारै जना खतरामुक्त छन् ।’ वडा अध्यक्ष अधिकारीले भने ‘चालकसँग सम्पर्क गर्दा कसैलाई केही नभएको जानकारी दिइएको छ ।’









