उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदानसँगै रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई सहित ५४ जनाले रक्तदान गरेको छ । रक्तदान कार्यक्रममा १४ जना महिला सहित ५४ जनाले रक्तदान गरेको थियो । ‘राष्ट्रिय अखण्डताको लागि सबै संस्कार र संस्कृतिहरुलाई सम्मान’ भन्ने मुल नाराको साथ नगरपालिकाको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
दशैं, तिहार तथा छठ, उभौली उद्यौलीको शुभकामना दिँदै नगर प्रमुख खगेन्द्र राईले संघिय लोकतान्त्रिक गणतन्त्रलाई टिकाईराख्न सवैको अहम भूमिका रहेको बताए । उनले संघिय लोकतान्त्रिक गणतन्त्रले फेल खायो भने देशै डुब्ने वर्वाद हुने खतरा रहेको बताए । यस व्यवस्थाले फेल खायो भने हामीले जिवनभरी अध्यारोमा बस्नु पर्ने बताए । उनले सवै जातजातिको चाँडवाँडको सवैले सम्मान गर्नु पर्ने बताउँदै यस चाँड बाँडको नाममा विकृति नफैलाउन आग्रह गरेको थियो । उनले एक थोपा रगतले कसैको ज्यान बच्न सक्छ भने हामी किन रक्तदान नगर्ने बताएका थिए । उनले प्रत्येक तीन तीन महिनामा रगत निकाल्न मिल्ने हुँदा खेर गईरहेको रगतले कसैको ज्यान बचाउन सहयोग पुग्छ भन्ने उद्देश्यले दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदानको साथै रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।
चौदण्डीगढी नगर पालिकाको आयोजना, नगर खेलकुद विकास समिति, चौदण्डीगढी युवा समूह, बेल्टार एकता क्लव बेल्टारको सह–आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उदयपुरको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । शुभकामना तथा रक्तदान कार्यक्रमा विभिन्न संघसस्थाका प्रतिनिधिहरु, राजनीतिकर्मीहरु, समाजसेवी, पत्रकार लगायतको उपस्थित रहेको थियो । नगरपालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी, युवा, महिला तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि रक्तदान गरेको थियो ।

तपाईको प्रतिक्रिया