उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका समाजसेवी तथा रौतामाई गाउँपालिकाका प्रमुख सल्लाहकार तथा समाजसेवी अम्बर बहादुर रायमाझी परिवारले स्व. आमा सावित्री रायमाझीको सम्झनामा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन हस्तान्तरण गरेको छ ।
अक्सिजनको अभावमा कैयौं विरामीहरुको अकालमै मृत्यु हुने देखि विरामीको अवस्था जटिल हुने समस्यालाई मध्यनजर गर्दै स्व. सावित्री रायमाझीका छोराहरु अम्बरवहादुर रायामाझी, गोविन्द रायामाझी र दिपक रायामाझीले गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्कालाई मेसिन हस्तान्तरण गरेका हुन् । अध्यक्षलाई हस्तारण गरिएको उक्त मेसिन तत्कालै रौतामाई गाउँपालिका ७ का वडाध्यक्ष उत्तर कुमार मगरलाई हस्तान्तरण गरेको थियो । उक्त मेसिनको बजार मूल्य एकलाख बढि रहेको जनाइएको छ । प्रमुख सल्लाहकार एवम् समाजसेवी रायमाझीको स्व. आमा सावित्रा रायमाझी दमको रोगी हुनुहुन्थ्यो । आमाका लागि खरिद गरिएको उक्त मेसिन एक हप्ता पनि प्रयोग हुन नपाए पछि गाउँका अन्य धेरै बुद्ध आमाबुवालाई सेवा, सुविधा पुग्छ भन्ने हेतुले पालिकालाई प्रदान गरेको रायमाझीले बताए ।दमका विरामीहरुका लागि सिलिण्डरको अक्सिजन प्रयोग गर्नुपर्ने अवस्थामा उक्त आधुनिक अक्सिन मेसिन अझ उपयुक्त हुने भएको छ । सिलिण्डरमा अक्सिजन भरिराख्नु पर्ने र छाटो अवधि मात्र पुग्नेमा उक्त आधुनिक मेसिनमा पर्याप्त अक्सिजन हुने र लामोसमयसम्म पुग्ने जनाइएको छ ।
स्वास्थ्य चौकिमा रौतामाई गाउँपालिका लगायत उदयपुरगढी गाउँपालिका र त्रियुगा नगरपालिकाको जनताहरुले समेत सो मेसिनबाट अक्सिजनको सेवा सुविधा लिन पाउने रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । सामाजिक सेवा र सहयोगी भावले अक्सिजन मेसिन प्रदान गर्ने रायमाझी र उहाँको परिवारलाई पालिका अध्यक्ष खड्काले धन्यावाद ज्ञापन गर्दै उक्त कार्यको प्रशंसा गर्दै अरुका लागि पनि उदाहरणीय र अनुकरणीय काम भएको बताए ।
स्थानीय सरकारको तर्फबाट पालिकाबासीको स्वास्थ्य क्षेत्रमा सकेसम्मको पहल, प्रयासका कामहरु गर्दै आएको अवस्थामा नागरिकको तर्फबाट पनि प्राप्त यस किसिमको सहयोगले ठूलो टेवा पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताए ।
अक्सिजन मेसिन हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष उत्तर कुमार मगरको अध्यक्ष तथा प्रमुख अतिथी रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्रवहादुर खड्का र विशेष अतिथिमा प्रमुख प्रशासकिय अधिकृत खम्वराज राई र रौतामाइ गापाका प्रमुख सल्लाहकार अम्बरवहादुर रायामाझी रहेका थिए । कार्यक्रममा समाजसेवी भरतबहादुर थापा, मावि मुर्कुचीका प्रधानाध्यापक खड्ग थापा, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का समाजसेवी, बुद्धिजिवि लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया