उदयपुर । लागू औषधका कारणबाट समाजमा हुने गरेका विभिन्न विकृति विसंगति बढ्नुमा ५० प्रतिशत औषधी व्यवसायी जिम्मेबार छ । शनिबार चौदण्डीगढी नगरपालिका मेयर खगेन्द्र राईकै कार्यकक्षमा ईलाका प्रहरी कार्यालय बेल्टारद्धारा आयोजित (सामुदाय–प्रहरी साझेदारी) कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
मेयर राईले भने, “यहाँ संचालित औषधी पसलहरुमा पनि लागूऔषधको कारोबार हुने गरेको र यसका अलावा अन्य ५० प्रतिशत बाहिरबाट निर्यात हुने गरेकोले पनि यस क्षेत्रमा हरेक समस्या आउने गरेको छ । मेयरले भने, “ स्थानीय निर्वाचनपछि म नगरपालिकाको कार्यभार समालेपछि चौदण्डीगढी नगरपालिकामा औषधी व्यवसायी संघ पनि बनाईए, जो अध्यक्ष छ उनैलार्ई प्रहरीले लागूऔषध कारोबारमा ४ पटक सम्म पक्राउ परेकोमा यसले औषधि व्यसायी पनि लागूऔषध कारोबारमा संलग्न भएको पुष्टी गर्दछ ।” अधिकांश औषधि व्यवसायीहरुले प्रेसक्रिप्शन विना औषधी बेच्ने गरेको मेयर राईको भनाई रहेको छ ।
ईप्रका बेल्टारका प्रहरी निरिक्षक वुद्धिराम चौलागाईले भने, “आफु आएको २÷३ महिनामा अनुगमन गर्दा निकै सामाजिक विसंगति विकृति कम भएको छ ।” अबको हाम्रो सोचाई अनुसारको कार्यक्रमहरु भनेको प्रत्येक वडाहरुमा अपराध नियमन नियन्त्रणलाई प्रभावकारी बनाउन यहाँ स्थापित संचालित विभिन्न संघ संस्था सामाजिक व्यक्तित्व लगायत सरोकारवालाहरुसंग छलफल र समन्वय गर्दै आफ्नो कार्यक्रमहरुलाई अगाडी बढाउन सबैले साथ सहयोग गर्न अनुरोध गरेका थिए ।
चौदण्डीगढी नगर क्षेत्रभित्र हुने लागूऔषध दुव्र्यसन, महिलासंग सम्बन्धित हुने घरेलु हिंसा, दुव्र्यहार, बेचविखन, बलात्कार लगायतका घटनाहरुबारे पनि सबै सचेत र सजग भएर राम्रो भुमिका निर्वाह गरे सामाजिक व्यक्तित्वको कर्तव्य ठानिने सहभागिहरुले बताएका थिए । कार्तिक ११ गते देखि अभियानको रुपमा संचालन गरिएको साझेदारी कार्यक्रम निरन्तर संचालित छ । अन्तरत्रृmया तथा छलफल कार्यक्रममा नगर अधिक्रृत शिवप्रशाद हुमेगाई, शिक्षा शाखाका उपसचिव रामेश्वर कुवर, वडाध्यक्षहरु प्रशुराम राई, चरणकुमार राई, रामकुमार खड्का त्यसैगरी महिला अधिकारकर्मी रत्ना थापा, नागरिक समाजका अगुवा जनक कार्की, शिक्षक लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।









