उदयपुर सिमेन्टको उत्पादनमा नयाँ किर्तिमान
सुखिलाल चौधरी, उदयपुर / मुलुकको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादन परिमाणमा नयाँ किर्तिमान कायम गरेको छ । सोमबार उदयपुर सिमेन्ट उद्योगले सात सय ७० मेट्रिक टन उत्पादन गरेर नयाँ इतिहास रचेको छ ।
सिमेन्ट उद्योग मर्मतपछिको यो सवै भन्दा बढी हो । दैनिक आठ सय मेट्रिक टन उत्पादन गर्नसक्ने क्षमता रहेको सो उद्योगले सोमबार २३ भण्टामा ९६ दशमलव २६ प्रतिशत अर्थात सात सय ७...












