प्रथम मैनामैनी महोत्सव हुने : आकर्षण ‘सिस्नो, ढिडोँ, मह र टाकीँ’

प्रथम मैनामैनी महोत्सव हुने : आकर्षण ‘सिस्नो, ढिडोँ, मह र टाकीँ’
उदयपुर / ऐतिहासिक धार्मिक तथा प्राकृतिक सम्पदाको महत्व बोकेको उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीलाई पर्यटकिय हवकोरुपमा विकास गर्न पहिलो पटक पर्यटन महोत्सव लगाईने भएको छ । धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा परिचित हुँदै गएको मैनामैनीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरी आर्थिक समृद्धीको ढोका खोल्ने उदेश्यका साथ महोत्सवको तयारी गरिएको हो । पुष १ देखि ७ गतेसम्म लाग्ने महोत्सवको प्रमुख आकर्षकहरु ...

उदयपुरमा बाँसबाट गाउँमै राम्रो आम्दानी

उदयपुरमा बाँसबाट गाउँमै राम्रो आम्दानी
उदयपुर / उदयपुरका पहाडी भेगका गाउँ घरमा त्यतिकै खेर जाने बाँस आम्दानीको राम्रो श्रोत बन्न थालेको छ । घर, टहरा बनाउन र दाउराको रुपमा प्रयोग गरिने बाँस बिक्री हुन थालेपछि आम्दानीको श्रोत बनेको हो । गाउँ घरका पाखो तथा खोल्ला खोल्सीहरुमा प्रशस्त पाईने बाँस खरिद गर्न गाउँमै ब्यापारी आउन थालेपछि स्थानीयबासीहरुले बाँसबाट वर्षेनी राम्रो आम्दिमी गर्दै आएका छन् । त्रियुगा नगरपालिका– १५ खाँबुका भिमबहादुर मग...

उदयपुरमा पनि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सुरु

उदयपुरमा पनि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सुरु
उदयपुर/ जिल्ला प्रहरी कार्यालय उदयपुरले हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम आईतवारबाट सञ्चालन गरेको छ । समाजमा हुने विभिन्न खाले अपराध नियन्त्रणमा प्रहरीको एकल प्रयासबाट मात्रै सम्भव नभएकाले आईतवारदेखि समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालनमा गरिएको प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए । गृह मन्त्रालय प्रहरी प्रधान कार्यालयक...

रौतामाई गाउँपालिकामा दुई स्वास्थ्य चौकी भवन निर्माण

रौतामाई गाउँपालिकामा दुई स्वास्थ्य चौकी भवन निर्माण
उदयपुर / उदयपुरको रौतामाई गाउँपालिकामा यसै बर्ष साँढे तीन करोड बढिको लागतमा दुई वटा सुबिधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएकाछन् । जिल्लाको दुर्गम क्षेत्रका सर्वसाधरणलाई सेवा दिने उद्देश्यले निर्माण सम्पन्न दुबै स्वास्थ्य चौकी भवनको उद्घाटन प्रदेशनं १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले कात्तिक ९ गते गरेका हुन् । भवन उद्घाटन गर्दै मन्त्री घिमिरेले आवश्यक जनशक्ति र सेवाविस्तारका लागि सक्द...

उदयपुरको सामुदायिक बिद्यालयमा ३ सय विषयगत शिक्षकको अभावमा पठनपाठन प्रभावित

उदयपुरको सामुदायिक बिद्यालयमा ३ सय विषयगत शिक्षकको अभावमा पठनपाठन प्रभावित
उदयपुर/उदयपुरका आठवटै स्थानीय तहमा सञ्चालित सामुदायिक विद्यालयमा विषयगत शिक्षकको दरबन्दी ३ सय भन्दा बढी खाली रहेको छ । सरकारले सामुदायिक बिद्यालयलाई गुणस्तरी बनाउन आवश्यक पर्ने पहिलो जनशक्ति भनेको बिषयगत शिक्षक हुन् । प्रत्येक सामुदायिक बिद्यालयमा कम्तिमा बिषयगत शिक्षक अग्रेजी, गणित, बिज्ञान, सामाजिक, नेपाली अनिवार्य गरेको छ । तर तोकिएको बिषयगत शिक्षक अभावमा यहाँका चार दर्जन सामुदायिक बिद्यालयमा अ...

बरुवा क्यापम्सलाई शैक्षिक हबका रुपमा बिकास गर्न सहमत

बरुवा क्यापम्सलाई शैक्षिक हबका रुपमा बिकास गर्न सहमत
उदयपुर / बरुवा क्याम्पस गाईघाटलाई शैक्षिक हबको रुपमा बिकास गर्न सहमत भएका छन् । बरुवा क्याम्पसमा बिहिवार प्राविधिक शिक्षा आजको आवश्यकता बिषयक छलफलमा सहभागीहरुले एक मत भएर सिप मुलक प्राविधिक शिक्षामा जोड दिएका थिए । छलफलमा त्रिभुवन बिश्वबिद्यालयका शिक्षा शास्त्र संकायका सहायक डिन डा. बैवालाल साहले २१ औं शताब्दीको शिक्षा सिप मुलक, ब्यवसायीक, जीवन उपयोगी ब्यवहारी प्राविधिक शिक्षाको आवश्यकता रहेको औल...

मर्मतपछि उदयपुर सिमेन्ट उद्योग संचालन, उत्पादन क्षमता क्रमिक रुपले बढ्ने

मर्मतपछि उदयपुर सिमेन्ट उद्योग संचालन, उत्पादन क्षमता क्रमिक रुपले बढ्ने
उदयपुर/मर्मतमा बन्द रहेको उदयपुर सिमेन्ट उद्योगले उत्पादन गर्न थालेको छ । उद्योग स्थापना भएको २५ वर्षपछि ८ करोड रुपैयाँ लागतमा एक महिना लगाएर मर्मत गरिएको हो । असोज महिनाको पहिलो सातादेखि सुरु भएको मर्मत कार्य कात्र्तिकको पहिलो सातासम्म लागेको उद्योग प्रशासनले जनाएको छ । उद्योगका अनुसार २२ दिनभित्र मर्मतको काम सक्ने लक्ष्य लिए पनि केही प्राविधिक समस्याले थप आठ दिन लागेको थियो । उद्योगको मुख्य भाग...

गाईघाटमा चोरीको घटना बढ्दो

गाईघाटमा चोरीको घटना बढ्दो
उदयपुर/माथिका ६ चोरीका प्रतिनिधि घटनाले सदरमुकाम गाईघाटका प्रहरीलाई कुरी–कुरी गरिरहेको छ । १० महिनाको अन्तरालमा करिव एक दर्जन भन्दा बढीको धनमाल चोरी हुँदा पनि चोर पक्राउ गर्न नसक्नुले प्रहरीको अनुसन्धान गर्ने शैलीमाथि प्रश्न खडा भएको छ । माघ १६ गते त्रियुगा नगरपालिका ११ स्थित हिमाली टोलमा एकै दिन तीन पसल चोरी भयो । पहिलो पवित्रा मोबाईल सेन्टरबाट ४० हजार, दोस्रो कुमार किराना पसलबाट ७४ हजार पाँच सय...

भारतीयलाई नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष र सचिव सहित ४ जनाविरुद्ध उजुरी

भारतीयलाई नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष र सचिव सहित ४ जनाविरुद्ध उजुरी
सप्तरी/भारतीय नागरिकलाई नेपाली नागरिकता बेच्न खोजेको आरोप लगाउँदै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १४ का वडा अध्यक्षसहित ४ जनाविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ । वडा अध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण यादव, स्थानीयवासी विन्देश्वरी यादव र नागरिकता लिन खोज्ने भारतीय नागरिक राजाराम यादवविरुद्ध स्थानीय कपलेश्वर यादवले उजुरी दर्ता गराएका हुन् । वडाअध्यक्ष र...

आज दशैंको अन्तिम दिन, महालक्ष्मीको पूजा आराधना

आज दशैंको अन्तिम दिन, महालक्ष्मीको पूजा आराधना
काठमाडौं/ आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्...