उदयपुर / जिल्ला मालपोत कार्यालय उदयपुरले जग्गा रजिष्टे«शन अनलाईन मार्फत सुरु गरेको छ । त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरीले अनलाईनबाट जग्गा रजिष्टे«शन गराउँदै जग्गा रजिष्टे«शन अनलाईन मार्फत सुरु हुनुले जग्गा किर्ते जस्ता समस्याहरुको समाधान हुने बताए ।
नगर प्रमुख चौधरीले अनलाईनबाट जग्गा रजिष्टे«शन सुरुले किर्ते गरि जग्गा बिक्रि गर्ने समस्याको अन्त्य हुनुका साथै सहि जग्गावाला उपस्थित नभए सम्म जग्गा पास नहुने र भोलीका दिनमा कसैको पनि जग्गा नहराउने बताए । अनलाइनबाट काम हुदा छिटो छरितो हुने र जनताले राहत पाउने नगर प्रमुख चौधरीको भनाई थियो । अनलाइनबाट पास हुने सिस्टमले देशको जुनसुकै कुनाबाट समेत आफनो जग्गाको बिवरण हेर्न सकिने छ । मालपोत कार्यालयमा ३ वटा मेन कम्प्युटरबाट यो सेवा सुरु गरिएको छ । अहिले मालपोतमा दैनिक १९÷२० वटा रजिष्टे«शन हुने गरेको बताए ।
मालपोत कार्यालय उदयपुरका प्रमुख नबराज खड्काले अनलाईन सिस्टमले जनताको काम छिटो भन्दा पनि झन ढिलो भई रहेको बताए । उनले भने, भर्खर भर्खर भएर होला काम ढिलो हुने गरेको छ । मालपोत कार्यालयका कर्मचारी तथा नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष बंशबहादुर कार्कीले भने अनलाइनबाट गर्ने क्रममा त्यसको फारम भर्न भने झन्झटीलो रहेको त्यसले जनतालाई सास्ती भएको औल्याए । उनले भने, अहिले फारम सिस्टममा परिमार्जन नगरि सम्म जनताले दुख पाउने बताए ।

तपाईको प्रतिक्रिया