कटारी नगरपालिकाका तत्कालिन लेखा अधिकृत विरुद्ध ७ करोड २२ लाखको भ्रष्टाचार मुद्दा
उदयपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटारी नगरपालिका उदयपुर तथा माई नगरपालिका ईलामका तत्कालिन लेखा अधिकृत रबिनचन्द्र ढकाल विरुद्ध ७ करोड २२ लाख ९३ हजार १ सय ३२ रुपैया बिगो दाबी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उदयपुरको कटारी नगरपालिकामा कार्यरत हुँदा ढकालले नगरपालिकाको मूल खाताबाट आफ्नो खातामा ३ करोड ९७ लाख ५० हजार रकम स्थानान्तरण गरी आफू लगायत विभिन्न व्यक्तिका नाममा र...












