उदयपुर । ट्राफिक प्रहरीले होलीमा उदयपुरमा जथाभावी रुपमा सवारी साधन चलाउने २६ मोटर साइकललाई नियन्त्रणमा लिएको छ । जिल्लाको मुख्य मुख्य शहरमा ट्राफिक प्रहरी परिचालन गरी २६ मोटर साइकललाई नियन्त्रणमा लिइएको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका ट्राफिक प्रहरी प्रमुख दिनेश कुमार चौधरीका अनुसार विहिबार ट्राफिक नियम उल्लङ्घन गर्ने मोटर साइकललाई नियन्त्रणमा लिई कारवाही गरेको हो । उनका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने, हेलमेट नलगाएर चलाउने, कागजपत्र नलिई चलाउने, ठूलो आवाज निकालेर तथा जथाभावी लापरवाही तरिकाले चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिए ।
उदयपुर ट्राफिक प्रहरी टोलीले होली पर्वलाई दुर्घटनारहित र मर्यादित बनाउन जिल्लाको प्राय सवै ठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।
प्रहरीले मोबाइल जाँच र मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन समेत गरेको थियो । उदयपुरले होली पर्वमा कारवाही परेका सवारी साधनलाई अनिवार्य कक्षामा सहभागी हुने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया