नेपाल–भारत सिमा बन्दको मारमा उदयपुरका अदुवा किसान
उदयपुर । नोवेल कोरोना भाइरसको प्रत्यक्ष असर उदयपुरका अदुवा किसानलाई परेको छ । भारत लगायत तेस्रो मुलुक निर्यात हुने उदयपुरका अदुवा सिमा नाका खुल्ला नहुँदा भारतीय व्यपारी अदुवा खरिद गर्न नपाएछि कृषकको अदुवा त्यसै थन्किएर बसेको छ ।
सरकारले कोरोना संक्रमण रोकथाम गर्न ११ चैत मध्यरातिदेखि देशव्यापी रूपमा गरेको लकडाउनले सिल भएको नेपाल–भारत सीमाना अझै खुल्ला भएको छैन । सिमा बन्दले भारतीय तर्फ अदुवा ढुवान...













