उदयपुर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदका लागि उदयपुरका दुई अध्यक्ष चुनावी मैदानमा उत्रिएका छन् । त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगत र उदयपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजेशचन्द्र श्रेष्ठले उम्मेद्वारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन् । महासंघको अधिवेश्न हिजो (विहिबार)बाट शुरु भएको छ भने शनिबार निर्वाचन हुँदैछ ।
उदयपुरमा रहेर लामो समयदेखि सामाजिक र उद्योग व्यवसाय गर्दैै आएका भगतले जिल्ला–नगरतर्फबाट खुल्ला केन्द्रीय सदस्य लागि चुनावी मैदानमा छन् । उनको भोटिङ पेपरमा क्रम संख्या १३ रहेको छ ।
उद्योगी–व्यवसायीहरुको हितका लागि आवज उठाउनकै लागि आफूले उम्मेद्वारी दिएको प्रतिक्रिया दिए । उद्योगी–व्यवसायीहरुमा राम्रो छवी बनाएका भगत जिल्लाकै निकै सक्रिय व्यवसायी हुन् । त्रियुगा उद्योग वाणिज्य संघमा दुई कार्यकाल अध्यक्षमा निर्वाचित हाल वर्तमान अध्यक्ष समेत रहेका उनी राम्रो छवि भएका व्यवसायी हुन् ।
यस्तै राजेशचन्द्र श्रेष्ठले पनि जिल्ला–नगरतर्फबाट खुल्ला केन्द्रीय सदस्य पदका लागि चुनावी मैदानमा छन् । विगत लामो समयदेखि व्यवसायिक र सामाजिक क्षेत्रमा योगदान रहेको छ । उनी उदयपुर उद्योग वाणिज्य संघको महासचिव हुँदै दुई कार्यकाल अध्यक्षको जिम्मेबारी समालेका व्यक्ति हुन् । उनको भोटिङ पेपरमा क्रम संख्या ३५ रहेको छ । सवल जिल्ला नगर उद्योग वाणिज्य संघ हाम्रो सरोकार, देशमा उद्योग वाणिज्यको विकास समृद्धिको आधार सहित महासंघको चुनाव लड्दै छन् ।
वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने पक्का छ भने बाँकी पदहरुमा चुनाव हुँदैछ । आगामी वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिदैछन् ।
महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।

तपाईको प्रतिक्रिया