उदयपुर । तुलसी बहुमुखी सहकारी संस्थाको तेस्रो शाखा गाईघाटमा स्थापना भएको छ । मुख्य कार्यालय बिराटनगरमा रहेको सहकारीको गाईघाटको हिमाली टोल स्थित पुरानो सगरमाथा डिपार्टमेन्ट स्टोर रहेको घरमा यसको शाखा विस्तार गरिएको छ । आईतबार त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीले शाखाको उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै मेयर चौधरीले समृद्ध त्रियुगा नगरका लागि सहकारी स्थापनाले थप सहयोग पुराउने बताउनुभयो । मेयर चौधरीले तुलसी बहुमुखी सहकारीले समृद्ध त्रियुगा नगरका लागि ठुलो भुमिका खेल्ने र त्यसका लागि थप एउटा इटा थपिएको बताउनुभयो । त्रियुगा नगरमा भएको बिभिन्न कृषि खाद्यन्न उत्पादनलाई समेत सहकारीले खरिद गरी बजारीकरण गर्न नगर प्रमुख चौधरीले सहकारीका संस्थापक अध्यक्ष केदारनाथ शर्मालाई गर्नुभएको छ ।
यसै सहकारी संस्थामार्फत निकट भविष्यमा गार्डेन डिपार्टमेन्ट स्टोर समेत संचालनमा ल्याउन लागेको छ । तुलसी बहुमुखी सहकारी संस्थाका संस्थापक अध्यक्ष केदारनाथ शर्माले स्थानीय उत्पादनलाई पनि खरिद गरी बजार पठाउने बताउनुभयो । उहाँले आफ्नो २८ आईटम सामाग्रीका साथ शाखा विस्तार भएको बताउँदै यहाँको उत्पादनलाई पनि ध्यान दिने बताउनुभयो । शिखर अर्गनाइज अन्तर्गत ९ ओटा आवद्ध उद्योगहरुले बिभिन्न खाद्यन्न, कृषि मोटर पम्प, किराना लगाएत सबै प्रकारको सामान उपलब्ध गराउने संस्थापक अध्यक्ष शर्माले बताउनुभयो । गोर्खा टी एण्ड कफी, शिखर दाल प्लान्ट, तलसी मोटर पम्प, तलसी फुल स्टीम लगाएतका उद्योगहरु आबद्ध रहेको शिखर अर्गनाइजेशनले स्वास्थ्य, र मिठो उत्पादनमा समेत ध्यान दिइएको अध्यक्ष शर्माले बताउनुभयो ।
संस्थाले बिभिन्न विद्यामा बचतको समेत सुविद्या ल्याएको छ । तुलसी बाल उज्जवल भविष्य खाता, तलसी सुपर पेन्सन बचत, तलसी अवधि बचत खाता, तुलसी क्रमिक बचत खाता, निक्षेप, तुलसी पेन्सन प्लस खाता, तुलसी फुयुचर स्टार बचत र तुलसी कर्जा लगाएतको बचत सुविधाहरु समेत रहेको शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया