उदयपुर । व्यवसायिक कृषकलाई बैंकसँग सहकार्य गरेर विना धितो ५० लाख सम्मको ऋण उपलब्ध गराउन नगरपालिका जमानी बस्न तयार रहेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । स्विस सरकारको आर्थिक सहयोग हेल्वेटास नेपालको प्राविधिक सहयोगमा संचालित प्रयासको परियोजनामा त्रियुगा नगरपालिका कृषि शाखामार्फत विदेशबाट फर्किएका युवाहरुलाई कृषि सामग्री वितरण कार्यक्रममा मेयर चौधरीले यस्तो बताएका हुन् ।
त्रियुगा नगरपालिका अन्तर्गत रहेका बैंक तथा वित्तिय संस्थाहरुसँग सहकार्य गरेर कृषक समूहको योजना सहित कृषकलाई विना धितो बैंकबाट ५० लाखसम्मको ऋण उपलब्ध गराउने बारे छलफल भईरहेको मेयर चौधरीले बताए । नगरपालिका जमानी बसेर विना धितो बैंकसँग ऋण उपलब्ध गराउन बैंक तथा वित्तिय संस्थाहरुसँग करिव करिव अन्तिम चरणको छलफलमा पुगेको बताए । उनका अनुसार कृषि विकास बैंक बाहेक अन्य बैंकहरु कृषि क्षेत्रमा ऋण लगानी नगरेर त्यसबापत पेनाल्टी तिरिरहेको अवस्थामा अव त्रियुगा नगरपालिका सवै बैंकले कृषि क्षेत्रमा लगानी गर्नु पर्ने बताए । मेयरले त्रियुगा नगरपालिका कृषि शाखाले वितरण गर्ने कृषि सामग्री बाँकी नै रहेकोले छुट भएका कृषकलाई आगामी दिनमा नगरपालिकाको कार्यक्रममा सहभागी गराउने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्रियुगा नगरपालिका क्षेत्रका नागरिकहरुले बाहिरी जिल्लाबाट आयात गरिएको तरकारी प्रयोगलाई घटाएर स्थानीय उत्पादनलाई नै व्यवसायिक रुपमा आत्मनिर्भर हुने किसिमले उत्पादनमा लाग्नको लागि कृषकहरुलाई आग्रह गरेका थिए । कृषि पेशामा मेहन्त गर्नुस आफ्नो छोरा छोरीको भविष्य यसै पेशाबाट बनाउन सकिने मेयर चौधरीले बताए ।
विदेशबाट फर्किएर आफ्नै देशमा कृषि उद्यम संचालन गरिरहेको त्रियुगा नगरपालिका क्षेत्रका कृषि उद्यमी तथा कृष्क समुहहरुलाई त्रियुगा नगरपालिकाले ५० लाख २० हजार ९ सय ५० रुपैया बराबरको कृषि सामाग्री हस्ताणन्तरण गरेको छ । नगरपालिका क्षेत्रमा मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि प्लाष्टिक टनेल सेट तथा च्याउ खेतीका लागि चाहिने प्लाष्टिक तथा च्याउको बीउ लगायत विभिन्न सामाग्रीहरु हस्ताणतरन गरिएको हो ।
त्रियुगा नगरपालिका नगर प्रमुख वलदेव चौधरी, उप प्रमुख देवीकुमारी चौधरीले कृष्कहरुलाई सम्पूर्ण सामाग्री हस्ताणतरन गरेको थियो । उपमेयर देवी कुमारी चौधरीले नगरपालिकाले किसान र कृषकको लागि गर्नु पर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता समेत व्यक्त गरेका थिए । उनले कृषि पेशालाई नै व्यवसायिकरण गर्न सके विदेशिनु पर्ने बाध्यता हट्ने बताईन् ।
कृषि क्षेत्रको विकासको लागि टेवा पुग्ने गरी सहयोग गर्दै आएको प्रयास जिल्ला परियोजना संयोजक रोशना कार्कीले बताईन ।
प्रयासले वैदेशिक रोजगारीबाट फर्केका १६ युवाहरुलाई प्लाष्टिक टनेल सेट, २५ जनालाई व्यवसायीक च्याउ खेती संचालन गर्नका लागि च्याउको विउ तथा ३ जना कृष्कहरुलाई सोलार डायर प्रदान गरिएको त्रियुगा नगरपालिका कृषि शाखाका नायव कृषि प्राविधिक सोम बहादुर दनुवारले जानकारी दिए ।
कार्यक्रमको अध्यक्षता त्रियुगा नगरपालिका १३ नं. वडाध्यक्ष तथा कृषि विकास समितिका संयोजक पशुपति चौधरीको रहेको थियो ।

तपाईको प्रतिक्रिया