अगुवा कृषक सम्मानित
गाईघाट । धान उत्पादनमा बृद्धि : खाद्य सुरक्षा, आत्म निर्भरता र समृद्धि भन्ने नाराका साथ सफल तथा अगुवा कृषकहरु मंगलबार सम्मानित गरिएको छ । धान दिवसको अवसर पारेर त्रियुगा नगरपालिका वडा नं.१३ का अगुवा कृषकहरुलाई सम्मान गरेको हो ।
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख आथित्यतामा सम्पन्न कृषक सम्मान कार्यक्रममा वडा नं. १३ का २५ जना कृषकहरुलाई सम्मान गरिएको वडा सचिव भिमाकुमारी राईले बताईन ।
...













