उदयपुर । “धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका साथ त्रियुगा नगरपालिकामा १८ औं राष्ट्रिय धान दिवस मनाएका छन् । नेपालमा असार १५ लाई धान दिवसको रुपमा मनाउँदै आएको छ । यसै दिन दही चिउरा पनि खाने चलन रहेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका १३ बहेडवामा चक्लाबन्दी खेती प्रणाली अन्तर्गत धान रोप्ने मेसिनमा धानको विउ राख्दै प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र वडा नं. १३ का वडाध्यक्ष पशुपत्ति चौधरीले १८ औं धान दिवस तथा रोपाइँ महोत्सवको उद्घाटन गरेका थिए ।

उदयपुरको त्रियुगा नगरपालिका–१३ मा १ सय ६० विगाहा क्षेत्रफलमा साहरा कृषि सहकारी संस्थाले चक्लाबन्दी खेतीको प्रवद्र्धन गर्न नमूना खेती अभियान अन्र्तगत धान दिवस मनाएको हो ।“खानी कृषि पशु र वन, उद्योग व्यपार र पर्यटन त्रियुगाको धन” भन्ने नारालाई सार्थक बनाउन धान दिवस मनाइएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । त्रियुगा नगरपालिका १३ मा चक्लाबन्दी खेती प्रवद्र्धन गर्न गुरुयोजना सहित आर्थिक योजना अन्तर्गत चक्ला बन्दीखेती समेटिएको मेयर चौधरीले बताए । समृद्धिको मेरुदण्डको रुपमा कृषिलाई लिइएको मेयर चौधरीले बताए ।

मेसिनसमेतको प्रयोग गरी धान रोपाई गरिएको हो । चक्लाबन्दीमा ३०५ घर कृषकहरु सम्मिलित छन् । कृषिलाई समृद्धिको आधारको रुपमा त्रियुगाले यस ठाउँलाई चक्लाबन्दी खेतीको रुपमा अगाडी बढाएको मेयर चौधरीले बताए । चक्लाबन्दी खेतीका लागि तरकारी, फलफुलखेती छन् भने अधिकांश धान, मकै र गहुँ खेती रहेको छ । मेसिन प्रयोग गरी अहिले रोपिएको धान गोड्ने देखि काट्ने र झाट्नेसम्म मेसिन प्रविधि प्रयोग हुनेछ । यस्ता मेसिन तथा आधुनिक प्रविधिले थोरै समयमा धेरै क्षेत्रमा धेरै खेती गरी धेरै उत्पादन गरी धेरै आम्दानी हुने मेयर चौधरीले बताए ।चक्लाबन्दी खेतीको २५ वर्षे योजना अनुरुप परम्परागत निर्वाहमुखी छाडेर ब्यवसायिक कृषि अविलम्बन गर्दै चक्लाबन्दी खेती थालनी भएको हो । यसबाट कृषकहरुलाई कृषि प्रति आकर्षित गर्दै आत्मनिर्भर बनाउने आशा गरिएको छ । चक्लाबन्दी खेतीसंगै कृषि पर्यटन प्रवद्र्धन गरिने छ । त्यस अन्तर्गत, पशुपालन, दलहन, होमस्टे संचालनसमेत जोडिने मेयर चौधरीले बताए ।

कृषिबाटै उनीहरुको जिविकोपार्जन र आत्मनिर्भर बनाउने उद्देश्य रहेको १३ नं. वडाध्यक्ष पशुपती लेखीले बताईन । चक्लाबन्दी खेती प्रवद्र्धन यस वडाले पनि सकेको सहयोग गर्न तयार रहेको वडाध्यक्ष लेखीले बताईन् ।

यसै अवसरमा हिले दौड प्रतियोगितामा महिलाहरुलाई सहभागि गराइयो । असारे गीत प्रस्तुत गरियो भने वडा नं. १३ का सफल तथा अगुवा किसानहरुलाई सम्मान गरिको थियो ।

 

तपाईको प्रतिक्रिया