गाईघाट । धान उत्पादनमा बृद्धि : खाद्य सुरक्षा, आत्म निर्भरता र समृद्धि भन्ने नाराका साथ सफल तथा अगुवा कृषकहरु मंगलबार सम्मानित गरिएको छ । धान दिवसको अवसर पारेर त्रियुगा नगरपालिका वडा नं.१३ का अगुवा कृषकहरुलाई सम्मान गरेको हो ।
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख आथित्यतामा सम्पन्न कृषक सम्मान कार्यक्रममा वडा नं. १३ का २५ जना कृषकहरुलाई सम्मान गरिएको वडा सचिव भिमाकुमारी राईले बताईन ।

वडा सचिव राईका अनुसार कार्यक्रम माफर्म दर्ता गरेर व्यवसायिक रुपमा कृषि पेशा अँगालेका र फर्म दर्ता गरि कृषि कर्ममा लागी रहेकाहरुलाई समेत सम्मान गरिएको थियो ।
वडा नं. १३ मा रहेर तरकारी खेती, फुलफुल खेती, पशुपालन लगायतमा सफल श्यामकुमार कार्की, विपराज कोईराला, निर्मला बुढाथोकी, उमा देवकोटा, भोला भट्टराई, भगवती चौधरी, ओम नारायण चौधरी, दिर्घलाल चौधरी, तारादेवी लेखीलाई सम्मान गरिएको छ ।

वडा अध्यक्ष पशुपती लेखीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिषणदास चौधरी, कमला कुमारी कार्की, दिपमर्दन कार्की बविता गौतम, शान्ता तामाङ, कृष्ण बहादुर बिष्ट, ईन्द्र बहादुर मगर, लिला विक, बाबु कृषी फर्मका संचालक रमेश बुढाथोकी, लगायतका कृषकहरुलाई सम्मान गरिएको थियो ।

सम्मान हुने कृषकहरुलाई नगरपालिकका मेयर बलदेव चौधरीले खादा ओढाई कदर पत्र प्रदान गरेका थिए ।

सम्मान कार्यक्रमले कृषकहरुमा आत्मसम्मान बढ्नुका साथै कृषि पेशा गर्नमा थप प्रेरणा मिलेको प्रतिक्रिया कृषकहरुले दिएका छन् ।

तपाईको प्रतिक्रिया