मनोज–झपेन्द्र स्मृति दिवसमा बिरामीलाई फलफूल वितरण
उदयपुर । सहिद मनोज जोशी–झपेन्द्र कार्कीको ३१ औं स्मृति दिवसको अवसरमा शनिबार जिल्ला अस्पताल उदयपुर बोक्सेका बिरामीलाई फलफूल वितरण गरिएको छ । कर्मचारी आन्दोलनका क्रममा शहीद बनेका जोशी र कार्कीको स्मृति दिवसको अवसरमा शनिबार जिल्ला अस्पतालमा उपचार गराइरहेका ४२ बिरामीलाई फलफूल वितरण गरिएको हो ।
एकीकृत सरकारी कर्मचारी संगठन नेपाल जिल्ला कार्य समिति उदयपुरले बिरामीलाई फलफूल वितरण गरेका हुन् । २०४८ साल स...













