उदयपुरमा भिरबाट लडेर एक जनाको मृत्यु
उदयपुर । उदयपुरमा भिरबाट लडेर बुधबार राति ९ बजेको समयमा एक जनाको ज्यान गएको छ । कटारी नगरपालिका १० सोता स्थित स्थानीय ६० वर्षिय फौद बहादुर श्रेष्ठको भिरबाट लडेर ज्यान गएको छ ।
घर नजिकै रहेको गोदाममा किराना पसलको सामान राखि घर फर्कने क्रममा अचानक भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी राकेश कुमार पोदारले जानकारी दिए । पोदारका अनुसार भिरबाट अन्दाजी २ सय मि...













