सार्वजनिक यातायातमा बढ्यो २८ प्रतिशतले भाडा
काठमाण्डौं - यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादरमा वृद्धि गरेको छ । विभागका अनुसार यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ भने हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो ।
तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतले बढाइएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए । सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च समबन्ध...













