एल्जिनाको हत्यामा संलग्नलाई कडा कारबाहीका लागि मानवअधिकारवादी संघ संस्थाको माग

उदयपुर / उदयपुरको रौतामाई गाउँपालिका– ३ लाफागाउँकी १३ वर्षिया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या भएकोमा उदयपुरका बिभिन्न मानवअधिकारवादी संघसंस्थाको ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो समय देश ब्यापी रुपमा समाजमा महिला तथा बालिकाहरु माथि चरणबद्ध रुपमा भएको बिभिन्न खालका हत्या हिंसा तथा बलात्कारका घटना बढेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको एक विज्ञप्ती मार्फत जानकारी गराएको छ । रौता...

एल्जिना हत्या प्रकरण : बलात्कारपछि हत्याको अभियोगमा पाँच युवा पक्राउ

 उदयपुर / उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले सोमबार पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा गएको टोलीले स्थानीय पाँच जना युवालाई नियन्त्रणमा लिएको हो । स्थानीयबासीले नै बालिकाको हत्यामा यी व्यक्...

उदयपुरमा बालिका बलात्कारपछि हत्या, हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर परिचालन

सुखिलाल चौधरी, उदयपुर / उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँमा १३ वर्षीया बालिका एल्जिना खड्का मृत फेला परेपछि घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ । बालिका बलात्कारपछि हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृत जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन रानाभाटको नेतृत्वमा टोली परिचालन गरेको हो । डीए...

राप्रपा एकता भाँडियो

राप्रपा एकता भाँडियो
काठमाडौं / संवैधानिक राजसंस्थाको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ‘प्रजातान्त्रिक’ बीच कुरा मिल्न नसकेपछि राप्रपा एकताको घोषणा भाँडिएको छ । सोमबार राष्ट्रिय सभा गृहमा एकीकृत राप्रपा राष्ट्रवादीसहित तीन राप्रपाबीचको एकता घोषणा गर्ने कार्यक्रम तय थियो । तर, आइतबार साँझ दुईवटै राप्रपाका अध्यक्ष कमल थापा र पशुपतिशमशेर राणाबीचको वार्तामा संवैधानिक राजसंस्था र चु...

ट्याक्टर दुर्घटना अपडेट : गम्भिर घाइते तीन जनालाई नोवेल हस्पिटल रेफर

सुखिलाल चौधरी, उदयपुर / उदयपुरको बेलका नगरपालिकामा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर आइतबार साँझ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ३३ मध्ये आठ जनाको अवस्था गम्भीर छ भने २५ सामान्य छन् । मदन भण्डारी लोकमार्ग अन्र्तगतको धरान–चतरा–गाईघाट सडक खण्डको बेलका नगरपालिका ८ रङ्गमहलमा स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा बेलका नपा २ का १९ वर्षीया विनिता चौधरी, २० वर्षीय इन...

उदयपुरमा पिकनिक खान गएको ट्रयाक्टर दुर्घटनामा परि तीनको मृत्यु, दुई जनाको अवस्था चिन्ताजनक, ३६ घाइते (तस्विर सहित)

सुखिलाल चौधरी, उदयपुर / उदयपुरमा ट्रयाक्टर दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । बेलका नगरपालिका ८ स्थित रंगमहलको उकालोमा स.१ त ५८५० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । पिकनिक खान गएको ट्रयाक्टर फर्किने क्रममा रंगमहलको उकालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले बताए । मृत्यु हुनेमा बेलका नगरपालिका २ भा...

उदयपुरमा १२ बर्षिया बालिका मृत फेला, बलात्कार गरी हत्या गरेको परिवारको आशंका, २ बलात्कारी पक्राउ

उदयपुर / उदयपुरमा एक १२ बर्षिया बालिका मृत अबस्थामा शव फेला परेको छ । आइतबार रौतामाई गाउँपालिका–३ लाफागाउँका अमला भन्जयाङमा स्थानीय दुर्गाबहादुर खड्काको १२ वर्षिय छोरी एल्जिना खड्का मृत फेला परेकी हुन् । शनिवार दिउँसो २ बजेको समयमा घरबाट बाख्रा चराउनको लागि गएकी बालिका घर फर्केर नआएपछि घर परिवार र स्थानियले खोजतलास गर्ने क्रममा अमला भन्ज्याङ भन्ने स्थानमा मृत अबस्थामा फेला परेको सोही वडाका वड...

उदयपुरमा विद्युत सर्टबाट आगलागी हुँदा २२ लाखको क्षति

उदयपुरमा विद्युत सर्टबाट आगलागी हुँदा २२ लाखको क्षति
उदयपुर / उदयपुरको चौदण्डिगढी नगरपालिका ६ बेल्टार बजारमा आईतबार दिउँसो आगलागी हुँदा २२ लाख बराबरको क्षति भएको छ । स्थानीय सुवास राईको घरमा विद्युत सर्ट भई आगलागी हुँदा घर गोठ जलेर पुर्णरुपमा नष्ट भएको हो । विद्युत सर्टबाट आगलागी हुँदा राईको काठको दुई तले घर र सँगै जोडिएको गोठ, सुगुर २ वटा, लत्ताकपडा, धनमालाको साथै नगद रु. २ लाख समेत जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक...

तिहार सकियो, गाईघाटमा पनि छठको रौनक सुरु, छठीघाटको सजावट गरिँदै

तिहार सकियो, गाईघाटमा पनि छठको रौनक सुरु, छठीघाटको सजावट गरिँदै
उदयपुर / अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण गाईघाट बजारमा व्यस्त छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयव...

मह जोडीलाई जनआन्दोलन स्वर्ण पदकद्धारा सम्मान

मह जोडीलाई जनआन्दोलन स्वर्ण पदकद्धारा सम्मान
काठमाडौं /बरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ। सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तिको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएका ‘मह’ जोडीको रुपमा चर्चित बरिष्ठ हास्य कलाकारद्धय श्रेष्ठ र आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको हो। उपराष्ट्रपति नन्दबहाद...