वैदेशिक रोजगारले उडायो परिवारको खुशी
उदयपुर / सानो त्यो पनि बाँसको टाटीले बेरेर, माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घाम, पानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका ५ श्रीपुरको जंगल नजिक देखिन्छ । त्यहीँ घर भित्रबाट ‘मेरो बाबा आउँछ’ भन्ने तोते आवाज सुनिन्छ, वाहिर दलानमा कहिले त्यहीँ नावालककी आमा त कहिले हजुर आमा मुर्छित हुँदै विउँझन्छन् ।
दुबै आमाको भाव त्यो नावालकको माग अव कहिले पुरा नहुने ग...







