एल्जिना हत्या प्रकरण : बलात्कारपछि हत्याको अभियोगमा थप एक जना पक्राउ

सुखिलाल चौधरी, उदयपुर /उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले मंगलबार थप एक जनालाई पक्राउ गरेको छ । थप एक जना पक्राउसंगै छ जनालाई अनुसन्धानमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा गएको टोलीले स्थानीय पाँच जना...

ट्रयाक्टर दुर्घटनामा मृत्यु भएको तीन युवा युवतीको सामूहिक दाह संस्कार, गम्भिर घाइते प्रतिक्षाको होस अझै खुलेन

ट्रयाक्टर दुर्घटनामा मृत्यु भएको तीन युवा युवतीको सामूहिक दाह संस्कार, गम्भिर घाइते प्रतिक्षाको होस अझै खुलेन
उदयपुर / ट्रयाक्टर दुर्घटनामा मृत्यु भएको तीन युवा युवतीको सोमबार हिन्दू परम्प्र अनुसार एकसाथ दाह संस्कार गरिएको छ । मदन भण्डारी लोकमार्ग अन्र्तगतको धरान–चतरा–गाईघाट सडक खण्डको बेलका नगरपालिका ८ रङ्गमहलको उकालोमा स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा बेलका नपा २ का १९ वर्षीया विनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दीपीका चौधरीको मृत्यु भएको थियो । वनभोज खाएर फर्कदै गरेको ट्याक्टर...

उदयपुरमा ट्रयाक्टरलाई मान्छे बोक्न प्रतिबन्ध, १५ ट्रयाक्टरलाई जरिवाना पश्चात छोडियो

उदयपुरमा ट्रयाक्टरलाई मान्छे बोक्न प्रतिबन्ध, १५ ट्रयाक्टरलाई जरिवाना पश्चात छोडियो
उदयपुर / उदयपुरमा मान्छे ओसारपसार गर्ने १५ वटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिहार सकिने बित्तिकै ट्रयाक्टर चढेर पिकनिक जाने क्रममा आइतबार उदयपुरको बेलका–८, मा ट्रयाक्टर दुर्घटनामा तीनजनाको ज्यान मृत्यु र ३४ घाइते भएपछि सोमबारदेखि प्रहरीले उदयपुरमा ट्रयाक्टरमा मान्छे बोक्न प्रतिबन्ध लगाएको हो । सोमबार बिहान प्रहरीले उदयपुरको सदरमुकाम गाईघाट क्षेत्रबाट पिकनिक जान मान्छे बोकेर हिँडेको...

नेविसंघ उदयपुरद्वारा प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा आन्दोलनकारी र प्रहरी विच झडप

उदयपुर / आफ्ना विद्यार्थी पक्राउ परेको विरोधमा नेपाल विद्यार्थी संघ उदयपुरले सोमबार सदरमुकाम गाईघाटमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गर्ने क्रममा विद्यार्थी माथि प्रहरी हस्तक्षेप भएको छ । पार्टी कार्यालय गाईघाटमाबाट निकालेको पुत्ला प्रहरीले खोस्ने क्रममा त्रियुगा नगरपालिका ११ गाईघाट सिटिहल अगाडि प्रहरी र विद्यार्थी विच दोहोरो झडप भएको थियो । नेविसंघले पुत्ला जलाउने तयारी गरेको वेला प्रहरीले ...

एल्जिनाको हत्यामा संलग्नलाई कडा कारबाहीका लागि मानवअधिकारवादी संघ संस्थाको माग

उदयपुर / उदयपुरको रौतामाई गाउँपालिका– ३ लाफागाउँकी १३ वर्षिया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या भएकोमा उदयपुरका बिभिन्न मानवअधिकारवादी संघसंस्थाको ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो समय देश ब्यापी रुपमा समाजमा महिला तथा बालिकाहरु माथि चरणबद्ध रुपमा भएको बिभिन्न खालका हत्या हिंसा तथा बलात्कारका घटना बढेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको एक विज्ञप्ती मार्फत जानकारी गराएको छ । रौता...

एल्जिना हत्या प्रकरण : बलात्कारपछि हत्याको अभियोगमा पाँच युवा पक्राउ

 उदयपुर / उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले सोमबार पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा गएको टोलीले स्थानीय पाँच जना युवालाई नियन्त्रणमा लिएको हो । स्थानीयबासीले नै बालिकाको हत्यामा यी व्यक्...

उदयपुरमा बालिका बलात्कारपछि हत्या, हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर परिचालन

सुखिलाल चौधरी, उदयपुर / उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँमा १३ वर्षीया बालिका एल्जिना खड्का मृत फेला परेपछि घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ । बालिका बलात्कारपछि हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृत जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन रानाभाटको नेतृत्वमा टोली परिचालन गरेको हो । डीए...

राप्रपा एकता भाँडियो

राप्रपा एकता भाँडियो
काठमाडौं / संवैधानिक राजसंस्थाको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ‘प्रजातान्त्रिक’ बीच कुरा मिल्न नसकेपछि राप्रपा एकताको घोषणा भाँडिएको छ । सोमबार राष्ट्रिय सभा गृहमा एकीकृत राप्रपा राष्ट्रवादीसहित तीन राप्रपाबीचको एकता घोषणा गर्ने कार्यक्रम तय थियो । तर, आइतबार साँझ दुईवटै राप्रपाका अध्यक्ष कमल थापा र पशुपतिशमशेर राणाबीचको वार्तामा संवैधानिक राजसंस्था र चु...

ट्याक्टर दुर्घटना अपडेट : गम्भिर घाइते तीन जनालाई नोवेल हस्पिटल रेफर

सुखिलाल चौधरी, उदयपुर / उदयपुरको बेलका नगरपालिकामा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर आइतबार साँझ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ३३ मध्ये आठ जनाको अवस्था गम्भीर छ भने २५ सामान्य छन् । मदन भण्डारी लोकमार्ग अन्र्तगतको धरान–चतरा–गाईघाट सडक खण्डको बेलका नगरपालिका ८ रङ्गमहलमा स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा बेलका नपा २ का १९ वर्षीया विनिता चौधरी, २० वर्षीय इन...

उदयपुरमा पिकनिक खान गएको ट्रयाक्टर दुर्घटनामा परि तीनको मृत्यु, दुई जनाको अवस्था चिन्ताजनक, ३६ घाइते (तस्विर सहित)

सुखिलाल चौधरी, उदयपुर / उदयपुरमा ट्रयाक्टर दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । बेलका नगरपालिका ८ स्थित रंगमहलको उकालोमा स.१ त ५८५० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । पिकनिक खान गएको ट्रयाक्टर फर्किने क्रममा रंगमहलको उकालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले बताए । मृत्यु हुनेमा बेलका नगरपालिका २ भा...